News Portal

  • भक्तपुरमा एटिएम मेशिन फुटाई चोरी गर्न खोज्ने पक्राउ

    नेपालवाल संवाददाताभक्तपुर, २४ पुस
    ९०३ पटक
    भक्तपुर, २४ पुस

    एटिएम मेशिन फुटाइ चोरी गर्न खोज्ने २ जना पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका-५ सूर्यविनायकस्थित सानिमा बैंकको एटिएम मेशिन फुटाई चोरी गर्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
    पक्राउ पर्नेहरुमा तिमाल गाउँपालिका-२ शर्सियुखर्क  घर भै बनेपा बस्नने ३९  वर्षीय रमेश पाण्डे र भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्ने २६ वर्षीय दिनेश सुकुभुटु रहेका छन् ।

    पुस १८ गते एटिएम मेशिन फुटाई चोरी गर्न लागेको भन्ने बैंकको निबेदन अनुसार महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोमबार फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...