News Portal

  • चोरीको मोटरसाइकलसहित भक्तपुरबाट सर्लाहीका बिक समातिए

    भक्तपुर, २९ पुस
    १२२३ पटक
    भक्तपुर, २९ पुस

    चोरीको आरोपमा भक्तपुरबाट एक युवक पक्राउ परेका छन्। मोटरसाइकल चोरीको आरोपमा उनी पक्राउ परेका हुन् ।
    बा.७२ प ५९७६ नम्बरको मोटरसाइकल सहित भक्तपुर सूर्यविनायक बस्ने सर्लाही लालबन्दी नगरपालिका-४ का १८ वर्षीय सुजन बिकलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीमा सवारी साधन जाँच गर्ने क्रममा उनी चोरीको मोटरसाइकलसहित पक्राउ परेका हुन् ।

    शनिबार राति सूर्यबिनायक नगरपालिका-६ बाग्मती क्लब नजिकबाट हराएको राजु श्रेष्ठको उक्त मोटरसाइकल बिकले जडिबुटीतर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी गराएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ ।

    प्रतिकृया दिनुहोस्

    स्ववियु निर्वाचनमा झडप नियन्त्रण गर्न हवाई फायर

    बाजुराको बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ...

    नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३को विजेतालाई हिमालय शमशेर राना ट्रफी

    पाकिस्तान दूतावासले नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३को विजेतालाई ‘हिमालय शमशेर राना ट्रफी’ले पुरस्कृत गरेको...

    १३ क्याम्पसमा रोकियो स्ववियु निर्वाचन

    देशभरिका १३ क्याम्पसमा आज भइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन रोकिएको छ । विद्यार्थी सङ्गठनबीच...

    कलाकार सङ्घको अध्यक्षमा माेहन निरौला विजयी

    कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् ।...

    स्ववियु निर्वाचनको मतदान सुरु

    स्वतन्त्र बिद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । नयाँ नेतृत्वका लागि आज...