News Portal

  • चार ‘प्रो कार्ड’का लागि २० खेलाडीको प्रतिस्पर्धा

    इभक्तपुर संवाददाता
    ९०८ पटक

    काठमाडौं । नेपालमा पहिलोपटक हुन लागेको (आइएफबिबी) फ्रोफेसनल लिग नेपाल बडी बिल्डिङ च्याम्पियनसिप–२०१९’ (प्रो क्वालिफायर)मा चार प्रो कार्डका लागि स्वदेशी र विदेशी गरी २० खेलाडीले सहभागिता जनाउने भएका छन् ।

    आजबाट हुने प्रतियोगिताका तयारीबारे शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजक बडिविल्डीङको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफबिबी) नेपाल च्याप्टरले उक्त अन्तर्राष्ट्रियस्तरको च्याम्पियनसिपका लागि नेपालसहित सात मुलुकका खेलाडी काठमाडौँ आइसकेको जानकारी दिएको छ ।

    प्रतियोगितामा नेपालसहित भारत, कतार, सिरिया, साउदी अरेबिया, यूएइलगायत मुलुकका खेलाडी नेपाल आएका छन् । प्रतियोगिताका ‘गेष्ट पोजर’को विश्वविख्यात बडिविल्डर रोली विङ्कलर पनि नेपाल आइसकेका छन् । प्रो क्वालिफायरमा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’, ‘मेन्स बडिबिल्डिङ’ र ‘वुमन पिजिक’ गरी चार इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

    प्रतियोगिताका लागि अमेरिका, डेनमार्क, आयरल्याण्ड र नेदरल्याण्ड्सका गरी चार निर्णायकमण्डल नेपाल आइसकेका छन् । चार इभेन्टको विजेताले प्रो कार्ड पाउनेछन् र अमेरिकाको लस भेगासमा हुने मिस्टर ओलम्पियामा भाग लिन पाउनेछन् । च्याम्पियनसिपमा ५० देखि ६० खेलाडीले सहभागिता जनाउन नाम दर्ता गराए पनि सहभागीको सङ्ख्या कम भएको आयोजक संस्थाका अध्यक्ष एवं पूर्व धर्मश्री विजेता सानु गुरुङले जानकारी दिए ।

    खेल हेर्न दश, पाँच र तीन हजार दरका टिकट राखिएको छ । आइएफबिबीले आयोजना गर्ने ‘मिस्टर ओलम्पिया’ मा भाग लिन ‘प्रो कार्ड’ आवश्यक पर्छ । नेपाल यसअघि यो संस्थामा आबद्ध थिएन । त्यसैले नेपाली खेलाडी ‘मिस्टर ओलम्पिया’ मा भाग लिने अवसरबाट बञ्चित थिए । अब नेपाली खेलाडीले पनि ‘प्रो कार्ड’ पाउने ढोका खुलेको छ ।

    खेलाडीले यी चार ‘प्रो कार्ड’ जितेर अमेरिकाको लसभेगासमा हरेक वर्ष आयोजना हुने ‘मिस्टर ओलम्पिया’ मा भाग लिन सक्नेछन् । त्यसैले यो प्रतियोगितालाई ‘मिस्टर ओलम्पिया’ खेल्ने बाटोको रूपमा पनि लिइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...