News Portal

  • नेमकिपाको चीन मोह : भक्तपुर नगरपालिकाद्वारा नि:शुल्क चिनियाँ भाषा प्रशिक्षण शुरु

    चिनियाँ साहित्य, सभ्यता र इतिहासको ज्ञान आवश्यक : विजुक्छे

    १६६८ पटक

     

     

     

    भक्तपुर, २ साउन । नेपाल मजदुर किसान पार्टीको किल्लाका रुपमा पनि परिचित भक्तपुर नगरपालिकाले निशुल्क चिनियाँ भाषाको प्रशिक्षण शुरु गरेको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बुधबार एक कार्यक्रमका बीच उक्त भाषा कक्षाको उद्घाटन समेत गरेका छन् ।

    कम्युनिष्ट देश चीनको भाषा पढाउनुको पछाडी कुनै राजनीतिक स्वार्थ वा चीन मोह मात्र नभएको नगरपालिकाले जनाएको छ । भक्तपुरमा आउने चिनियाँ पर्यटकलाई मध्यनजर गर्दै चिनियाँ भाषाको प्रशिक्षण शुरु गरिएको नगरपालिकाको दावी छ ।

    कार्यक्रममा अध्यक्ष बिजुक्छेले चिनियाँ पर्यटकको बसाइ लम्ब्याउन भाषा कक्षाले भूमिका खेल्ने विस्वास व्यक्त गरे । पर्यटन व्यवसायलाई फस्टाउन चिनियाँ भाषा तालिम र पथप्रदर्शकलगायतका तालिमहरू उपयोगी हुने बताउँदै अध्यक्ष बिजुक्छेले चिनियाँ भाषा सँगसँगै चिनियाँ साहित्य, सभ्यता र चीनको इतिहासको अध्ययनमा समेत नयाँ पुस्ताले जोड दिनुपर्ने आवश्यकता औल्याए ।

    चिनियाँ भाषा हेर्दा जटिल जस्तो भएपनि सिक्दै जाँदा सरल भाषा भएकोले यसको ज्ञानसंगै चिनियाँ साहित्य, सभ्यता र इतिहासको ज्ञान समेत हासिल गर्न सकिने अध्यक्ष विजुक्छेले बताए । उनले नयाँ पुस्ताको व्यक्तित्व विकास गर्न यसले सहयोगी भूमिका खेल्ने उल्लेख गरे ।

    कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका युवा पुस्तालाई रचनात्मक गतिविधिमा संलग्न गराउने उद्देश्यले विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको जानकारी गराएका थिए भने उपप्रमुख रजनी जोशीले आफूले सिकेको तालिम र सीपमार्फत आफू परिष्कृत हुने र समाजको लागि योगदान पुर्या‌उने ढंगले काम गर्न अभिप्रेरित गरेकी थिइन् ।

    उक्त अवसरमा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, कार्यपालिका सदस्य तथा तालिम संयोजक रोशनमैया सुवाल र वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा लगायतले प्रशिक्षणको औचित्वबारे प्रस्ट पारेका थिए । बुधबारदेखि नै  भाषा कक्षासंगै पाक शिक्षा सिकाइने कक्षा पनि उद्घाटन भएको बताइएको छ ।

    भक्तपुर नगरपालिकाले स्थानीय सरकारको तर्फबाट युवाहरूलाई सीपमूलक तालिम संचालन गर्दै आइरहेको छ । यस अघि फोटोग्राफी, कृषि प्राविधिक तालिम, लिपि, सिलाइ, काष्ठकला, कपाल काट्ने, पथप्रदर्शक तथा रेडियो प्रस्तोता लगायतका विभिन्न तालिम संचालन भैसकेका छन् । युवालाई उत्तरदायी र सक्षम बनाउने उदेश्यले यस्ता तालिम संचालन गर्दै आएको नगर प्रमुख सुनिल प्रजापतिले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सहकारीहरु मूल्य, मान्यता र सिद्धान्त बाहिर जाँदा समस्या

    shashi

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरु मूल्य, मान्यता र सिद्धान्त अनुसार...

    भक्तपुरको धारामा खस्यो मेलम्चीको पानी, स्थानीय दङ्ग

    सुनिल sunil prajapati

    बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरमा प्रवेश भएको छ । बिहीबार मध्याह्न १२ बजेदेखि भक्तपुरबासीहरुको...

    काँग्रेसले स्थानीय जनप्रतिनिधिहरुको नियमित परीक्षा लिने गगन थापाको खुलासा

    gagan thapa

    नेपाली काँग्रेसका महासचिव गगनकुमार थापाले स्थानीय तहमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको परीक्षा लिइने खुलासा गरेका छन्...

    दिनभरी काँग्रेस र रातभरी एमाले हुने अन्तर्घातीलाई माफी हुँदैन : दुर्लभ थापा

    durlove

    नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले स्थानीय निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका नेता कार्यकर्तालाई आममाफी नहुने...

    खानेपानी सचिवमा गेलालको सरुवा : खानेपानीको समस्याबाट गुज्रिरहेका भक्तपुरबासी उत्साहित

    maniram gelal

    सरकारले ४ जना सचिव सरुवा गरेसंगै भक्तपुरको चाँगुनारायण नगरबासी मणिराम गेलालको खानेपानी मन्त्रालयमा सरुवा भएको...