News Portal

  • १ लाख ३३ हजार नगद र ३४ लाखको चेकसहित १० जुवाडे सूर्यविनायकबाट समातिए

    भक्तपुर, ३ साउन
    १३१८ पटक
    भक्तपुर, ३ साउन

    सूर्यविनायकमा ठूलो खाल जमाएर तास खेल्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । लाखौको खालमा तास खेल्ने पेशेवर जुवाडेहरू प्रहरीको फन्दामा परेका हुन् । तास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ ।

    विशेष सूचनाको आधारमा सूर्यविनायक नगरपालिका- ६ सूर्यविनायक स्थित हरिबहादुर खड्काको घर छापा मार्दा प्रहरीले शुक्रवार ठूलो संख्यामा पेशेवर जुवाडे पक्रन सकेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी गराए ।

    प्रवक्ता पोखरेलका अनुसार महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गर्न सफल भएको छ भने उक्त तासको खालबाट रु एक लाख तेत्तीस हजार तीन सय पचास रुपैया नगद र चौतिस लाख तीस हजार रकम बराबरको ६ थान बिभिन्न बैंकहरुको चेक बरामद गरिएको छ ।

    पक्राउ परेकाहरुलाई यतिबेला महानगरीय प्रहरी परिसर भक्तपुरमा ल्याई थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ । प्रहरीले समातिएका व्यक्तिहरुको नाम भने सार्वजनिक गरेको छैन ।

    यस अघि हिजो विहीवार मात्र भक्तपुर नगरपालिका- १ सल्लाघारीमा तास खेलिरहेको अवस्थामा ६ जना प्रहरीको फन्दामा परेका थिए ।
    प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा नगद रु ६७ हजार ८५ रुपैया र ७ बुक तास सहित ६ जनालाई विहीवार पक्राउ गरेको थियो ।

    नियन्त्रणमा लिइएका १० जना हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । -सम्पादक 

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...