News Portal

  • नेपालको फितलो प्रदर्शन, कतारलाई जितका लागि १२३ रनको लक्ष्य

    पारस र ज्ञानेन्द्रको राम्रो साझेदारी

    भक्तपुर, ७ साउन
    ८९५ पटक
    भक्तपुर, ७ साउन

    आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा नेपालले अहिले कतारको सामना गरिरहेको छ। नेपालले कतारविरुद्ध निकै फितलो प्रदर्शन गरेका छ । कतारलाई जितका लागि १२३ रनको लक्ष्य दिएको छ ।

    सिंगापुरको इन्डियन एशोसिएट मैदानमा जारी खेलमा नेपालले पहिले टस जिते ब्याटिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १२२ रनको बनाएको हो ।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३४ रन बनाए । ३५ बलको सामना गरेका ऐरीले १ चौका र १ छक्का प्रहार गरे । पारस खड्काले २८, ज्ञानेन्द्र मल्लले २३ रनको योगदान गरे । ओपनिङ जोडीकारुपमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट सुरुवात गरेका थिए ।

    छैटौं ओभरमा पारस खड्काको विकेट गुमेपछि नेपालको ब्याटिङ गति सुस्त भएको थियो । त्यसपछि आएका ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । तेस्रो नम्बरमा आएका शरद भेषवाकरले १३ बलमा ७ रन बनाए । सोमपल कामीले १२ बलमा ११ रन बनाउँदा ७ बल खेलेका विनोद भण्डारी रन बनाएर आउट भए । करण केसीले ४ बलमा ४ रन बनाउन सके ।

    आठौं नम्बरमा क्रिजमा आएका सन्दीप लामिछानेले ५ बलमा ९ रन बनाए ।

    अन्तिम ओभरमा मात्रै नेपालले लगातार ३ विकेट गुमायो । इकवबाल हसनले लगातार तीन विकेट लिएका हुन् । उनी बाहेक नौमन सरवार र तमुर साहजादले नेपालको २–२ विकेट लिए ।

    छनोट प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, कुवेत, मलेसिया र कतार गरी पाँच राष्ट्रको सहभागिता रहेको छ । नेपालले साउन ८ गते मलेसियासँग दोस्रो, साउन ११ गते कुवेतसँग तेस्रो र साउन १२ गते आयोजक सिंगापुरसँग चौथो खेल खेल्नेछ।

    उक्त प्रतियोगिताको शीर्ष स्थानमा आउने एउटा टोलीले टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर ९विश्वस्तरीय छनोट० खेल्ने अवसर पाउनेछ । विश्वस्तरीय छनोट प्रतियोगिता आगामी अक्टोबरमा संयुक्त अरब इमिरेट्स ९यूएई० मा आयोजना हुनेछ । १४ टोलीको सहभागिता रहने विश्वस्तरीय छनोट प्रतियोगिताको शीर्ष स्थानमा आउने ६ टोलीले भने सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टीट्वेन्टी विश्वकप खेल्ने अवसर पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...