News Portal

  • सशस्त्रका १ सय ५१ डीएसपीको सरुवा : भक्तपुरका ३ परे

    भक्तपुर, ८ साउन
    ११६१ पटक
    भक्तपुर, ८ साउन

    सशस्त्र प्रहरी बलका १ सय ५१ डीएसपीको एकैपटक सरुवा भएको छ । मंगलवार उनीहरुको सरुवा भएको हो ।

    उक्त सरुवामा भक्तपुरमा कार्यरत प्रकाश कुमार सुवेदी, सुरेन्द्र बुढाथोकी र अर्जुन खत्री पनि परेका छन् । नम्बर २८ गुल्म औधोगिक सुरक्षामा कार्यरत प्रकाश कुमार सुवेदी प्रधान कार्यालय काठमाडौ पुगेका छन् भने उनको ठाँउमा पर्वतबाट पंकज पौडेललाई ल्याइएको छ ।

    त्यसैगरी २२ नम्बर गणमा कार्यरत सुरेन्द्र बुढाथोकी सिन्धुपाल्चोक पुगेका छन् उनको ठाउँमा रमेश सिङ्ग कुवर डडेल्धुराबाट सरुवा भएका छन् ।

    २२ नम्बर गण, भक्तपुरमै कार्यरत अर्जुन खत्री लाई पनि छिन्नमस्ता बाहिनी महोत्तरी सरुवा गरिएको छ उनको ठाउँमा काठमाडौ बाट कमलचन्द्र गैह्रेलाई सरुवा गरिएको छ ।

    प्रशासनिक दृष्टिकोण तथा आवश्यकताको आधारमा यो सरुवा गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सरुवा भएकाहरुले साउन महिनादेखि नै सरुवा गरिएकै स्थानबाट तलब भत्ता र राशन पाउने व्यवस्था गरिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सांसद दुर्लभ थापा माथि पूर्वमन्त्री बस्नेतको संगीन व्यंग्य र गम्भीर आरोप

    पूर्व मन्त्री एवं निवर्तमान प्रतिनिधि सभा सदस्य महेश बस्नेत आफ्नो क्षेत्रबाट निर्वाचित सांसद दुर्लभ थापा...

    राष्ट्रिय युवा संघ भक्तपुरमा रविन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

    भक्तपुर जिल्लामा नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको १० औं अधिवेशनबाट नयाँ...

    आज अप्रिल फुल, मर्माहत गराउने झुट नबोल्न अनुरोध

    अप्रिल महिनाको १ तारिखको दिन विश्वका विभिन्न देशमा अप्रिल फुल मनाइन्छ। ‘फुल’ को नेपाली अर्थ...

    प्रधानमन्त्री प्रचण्ड भक्तपुर आउने कार्यक्रम स्थगित

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुर नआउने भएका छन् । शनिवार दिउँसो उनी भक्तपुरको सूर्यविनायक आउने...

    खसीबोका चोरेर मासु बेच्ने गिरोह भक्तपुरमा समातियो

    भक्तपुरका विभिन्न ठाउँबाट घरको गोठमा बाँधिएका खसीबोका चोरीएको गुनासोले गर्दा सक्रिय प्रहरीले चोरीमा संलग्न दुई...