News Portal

  • विश्वकप छनौट-एसिया फाइनलमा नेपाल र सिंगापुर आइतवार भिड्दै : जिते विजेता, हारे फुस्सा

    भक्तपुर, ११ साउन
    ११८१ पटक
    भक्तपुर, ११ साउन

    आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल  ) प्रतियोगितामा आइतवार हुने खेल नेपालको लागि फाइनल सावित भएको छ । आइतवारको खेल संगै नेपालले विश्वकप छनौट खेल्न पाउने/ नपाउनेबारे टुंगो लाग्ने भएको हो । युएईमा अक्टोबरमा टि-२० विश्वकप छनौट खेल हुदैछ ।

    आइतवारको खेल नेपाल र सिंगापुरबीच खेलिदै छ । यि दुई टिम मध्ये जुन टिमले जित्छ त्यो नै टि-२० विश्वकप छनौट खेल्न छनौट हुने छ । त्यसैले आइतबारको खेल फाइनल जस्तै भएको हो । नेपाल र सिंगापुर बीचको खेल आइतवार बिहान ७:१५ बजे सुरु हुनेछ।

    नेपालले पहिलो खेलमा कतारसंग निरासाजनक खेल प्रदर्शन गर्दै हार ब्योहोरेको थियो भने दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै मलेसियालाई पराजित गर्न सफल बन्यो । शनिवार ७ विकेटले कुवेतलाई पराजित गरेसंगै नेपाल सिंगापुरसंग भिड्ने अवस्थामा आइपुग्दा जीतको दावेदार बनेको हो । नेपाललाई पराजित गरेको कतारलाई कुवेतले पराजित गरेको थियो ।

    हाल अंक तालिकामा सिंगापुर ५ अंक सहित पहिलो र नेपाल ४ अंक सहित दोश्रो स्थानमा रहको छ। कतार, कुवेत र मलेसिया भने उपाधि दौड बाट बाहिरी सकेका छन्। नेपालले शनिवार भएको खेलमा कुवेतलाई पराजित गरेसंगै टि-२० विश्वकप छनौट खेलमा सहभागी हुने सम्भावना प्रवल बनेको हो ।

    जारि प्रतियोगिता सिंगापुरको मैदानमा भैरहेकोले उसलाई घरेलु मैदानको साथ् रहनेछ । एकदिवसीय मान्यता पाएको, टी-२० विश्वकप खेलिसकेको राष्ट्र नेपाल भएकोले सिंगापुरका खेलाडीहरु दबाबमा रहने अनुमान गरिएको छ । फाइनलमा पुगेका नेपाल र सिंगापुरमध्ये कसको भाग्य चम्किन्छ त्यो भने भोलीको खेलले फैसला गर्नेछ ।

     

     

     

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...