News Portal

  • जनतालाई आत्मनिर्भर बनाउन सरकार क्रियाशील : उपाध्यक्ष भट्टराई

    भक्तपुर, १३ साउन
    १४४९ पटक
    भक्तपुर, १३ साउन

    नेकपाका नेतासमेत रहेका गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले सरकार जनतालाई आत्मनिर्भर बनाउन क्रियाशील रहेको बताएका छन् । जनता आत्मनिर्भर नभई देश आत्मनिर्भर हुन नसक्ने जिकिर गर्दै उपाध्यक्ष भट्टराईले सरकारले त्यसतर्फ कार्य गरिरहेको बताएका हुन ।

    समाज कल्याण परिषदको अनुदान सहयोगमा इरामयब जनकल्याण समाज नेपालद्वारा सूर्यविनायक- १० मा संचालित अचार बनाउने तालिमको सोमवार समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले शीपमूलक तालिमहरुलाई प्राथमिकतापूर्वक अघि बढाई स्वरोजगारीको अवसर दिलाउन लागिपरेको समेत दावी गरे । उक्त अवसरमा उपाध्यक्ष भट्टराइले तालिममा सहभागीहरुलाई प्रमाणपत्र पनि वितरण गरेका थिए ।

    उक्त कार्यक्रममा भक्तपुर जिल्ला समन्वय समिति सदस्य गीता देउजा, वडा अध्यक्ष शिवराम राउत, प्रशिक्षक हिमा नेपाल, संस्थाका अध्यक्ष मैया गिरी, प्रशिक्षार्थी थदेवी पुन लगायतले तालिम औचित्व र महत्वमाथि प्रकाश पारेका थिए ।

    इरामयब जनकल्याण समाजले सूर्यविनायक नगरपालिका वडा नं १० का ३० जना महिलालाई अचार बनाउन सिकाउने ५ दिने तालिम संचालन गरेको हो । तालिममा आधुनिक प्रविधि प्रयोग गरेर गुणस्तरयुक्त अचार बनाउने तरीका सिकाइएको समाजले जनाएको छ ।

    तालिम लिएका महिलाहरुले एकल वा सामूहिक रुपमा स्थानीय कच्चा पदार्थ प्रयोग गरेर अचारको व्यवसायिक उत्पादन शुरु गर्ने बताएका छन् । यो तालिम स्थानीय कच्चा पदार्थको प्रयोग गर्न र आय आर्जन वृद्धि गर्न उपयोगी सिद्ध हुने आयोजक सस्था इरामयब जनकल्याण समाज नेपालले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...