News Portal

  • बोडेमा एक १९ वर्षिय युवक र १८ वर्षिया युवती एकसाथ मृत अवस्थामा फेला

    १०४७ पटक

    भक्तपुर, १४ असार । भक्तपुरको बोडेमा एक १९ वर्षिय युवक र १८ वर्षिया युवती एकसाथ मृत अवस्थामा फेला परेका छन । मंगलवार विहान दुबैजना पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारीसमेत रहेका डीएसपी रेवतीरमण पोखरेलका अनुसार बोडेमा बस्दै आएका सिन्धुपाल्चोक बाह्रबिसेका २१ वर्षीय जीवन तामाङ र रामेछापको बेथान घर भइ बोडेमै बस्दै आएकी १८ वर्षकी मंगली घिसिङ मंगलबार डेरामै झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

    स्थानीयको सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई झ्यालको ग्रिलमा सलले पासो लगाई झुण्डीएको अवस्थामा मृत फेला पारेको बताएको छ ।

    स्थानीयले उनीहरु प्रेममा परेर आत्महत्या गरेको हुनसक्ने अनुमान गरेका छन । पेशाले सवारी चालक रहेका युवक जीवन विवाहित भएकोले उनको बिबाहेत्तर सम्बन्धका कारण परिवारमा झगडा रहेको बताइएको छ । यद्यपी घटनाको अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    दुबैको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाइएको र अनुसन्धान जारी रहेको भक्तपुर प्रहरीले जनाएको छ ।

    सच्याइएको : मंगलवार विहान हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । -सम्पादक

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...