News Portal

  • एक्ला छोरा ८ कक्षामा अध्ययनरत सन्देशको रहस्यमय आत्महत्या : शोकमा डुब्यो गुन्डु गाउँ

    भक्तपुर, १६ साउन
    २४४० पटक
    भक्तपुर, १६ साउन

    सूर्यविनायकको गुन्डुमा एक बालक आत्महत्या गरेको अवस्थामा फेला परेका छन् । १२ वर्षिय बालक आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् ।

    सूर्यबिनायक नगरपालिका- ७ गुण्डुका राजु खतिवडाको १२ वर्षिय छोरा सन्देशले आत्महत्या गरेको बताइएको छ । महानगरीय प्रहरी परिसरका डीएसपी रेवतीरमण पोखरेलले घटनाको पुष्टी गर्दै बुधबार साँझ बालकले आत्महत्या गरेका बताए ।

    उनका अनुसार बालक स्कूलको टाईको घाँटीमा पासो बनाइ आफ्नै घरको दोश्रो तल्लामा रहेको काठको दलिनमा झुण्डिएका थिए । छोरा झुण्डिएको देख्नासाथ उनका बुबाले पासो फुकाई ठिमीस्थित मध्यपुर अस्पताल पुर्याएका थिए । तर अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरिदिए ।

    शवको पोष्टमार्टम पछि आफन्तलाई बुझाई पठाईएको र घटनाबारे थप अनुसन्धान भइरहेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारीसमेत रहेका डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिएका छन् ।

    मृतक सन्देश स्थानीय विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेको स्थानीयले भक्तपुर पोस्टलाई बताए । ३ दिदीका एक्ला भाइ उनी परिवारका कान्छा र एक्ला छोरा भएकोले पनि उनलाई नाबालक उमेरमै आत्महत्या सम्म पुर्याउने पारिवारिक तनाव नहुनु पर्ने स्थानीयको भनाइ छ । विद्यालयले पनि संदेश अनुशाशित विद्यार्थी रहेको र उनले विद्यालयमा कुनै तनाब व्यक्त नगरेको जनाएको छ । एक्लो छोराको रहस्यमय आत्महत्याले खतिवडा परिवार आँशुमा डुबेको छ भने सिंगो गुन्डु शोकाकूल बनेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...