News Portal

  • भक्तपुरमा पनि खुल्ने भयो कपडा बैङ्क

    भक्तपुर, १८ साउन
    २२७७ पटक
    भक्तपुर, १८ साउन

    मानिसको जीवनमा अति आवश्यक वस्तुमा पर्न आउँछ, लत्ताकपडा । चाहे जाडो होस् या गर्मी आफ्नो जीउ ढाक्न कपडा नभई हुँदैन । त्यही कपडा कसैले बोरामा कोचेर राखेका हुन्छन् त कोही भने कपडा नपाएर जाडोमा जाडोले कठ्याङरिदैं बसेका हुन्छन् । यस्तै कोही भने बाढी या अन्य कुनै प्रकोपले गर्दा कपडा नहुने समस्यासँग जुधिरहेका हुन्छन् । यस्तैलाई सहयोग गर्न नेपालमा विभिन्न संस्थाहरु एनजिओ, आइनजिओ लागि परेका हामी सुन्ने गर्छौ ।

    पछिल्लो समयमा भने धेरै चर्चामा आएको छ, हण्ड्रेड्स गु्रप नामकको टीम । यस टिमले बडो अचम्मको काम गरेको छ । अनामनगरमा पहिलो पटक कपडा बैङ्क खोलेर सबैलाई नै अचम्मित पारे । जहाँ दराजजस्तै गरी ह्याङ्रमा ज्याकेट, पाइट, टि–सर्ट र अन्य आवश्यक वस्तुहरु राखिएका हुन्छन् । जसलाई आवश्यक छ, उसले त्यहाँबाट लिएर जान्छन् । त्यो बैङ्क अहिले पनि चालू नै रहेको छ । यसकै सिको गरी ललितपुर र चितवनमा पनि कपडा बैङ्क खुलिसकेको छ ।

    अब यसलाई भक्तपुरमा पनि संचालन गर्ने पक्रियामा रहेका छन्, फ्युजन नेपाल टिम र पद्म ज्योति फाउन्डेशन टिम । यी दुई संस्थाले पनि अब भक्तपुरमा आवश्यक परेका व्यक्ति, बालबच्चाहरुको लागि कपडा बैङ्क खुल्ने भएको छ । फ्युजन नेपाल टिमका डाइरेक्टर लक्ष्मी गौतमका अनुसार आउँदो शुक्रबार नै यस कामको प्रारम्भ गर्ने भएको छ । उनले भने, नराम्रो काम पो सिको गर्नु हुँदैन, राम्रो काम त छानी छानी गर्नुपर्छ, यदि यसरी कपडा बैङ्क खोले कसैलाई मद्धत पुग्छ भने हामी किन पछि पर्ने ? उनले प्रश्न गरे । बरु म त यस काममा तपाईहरुलाई पनि साथ दिनको लागि आग्रह गर्दछु ।”

    कपडा बैङ्क खोल्नका लागि यी दुई संस्था मिलेर ठाउँसमेत छानी सकेका छन् । उनीहरुका अनुसार भक्तपुरकै श्री बाल सेवक आधारभूत विद्यालयको प्राङ्गणमा कपडा बैङ्क खोल्ने भएका हुन् । यो विद्यालय भक्तपुरको हनुमानघाटमा अवस्थित छ ।
    घरका कुनै कुनामा रहेका नचाहिने कपडा, जुत्ता, ब्याग, खेलौना आदि सामान दिएर सहयोग गर्न सबैलाइ अभियन्ताहरुले अनुरोध पनि गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...