News Portal

  • मोदी सरकार हिटलर र मुसोलिनीको नीतिले अघि बढेको भन्दै नेमकिपाले निकाल्यो प्रेस बक्तब्य

    भक्तपुर, २२ साउन
    २७८६ पटक
    भक्तपुर, २२ साउन

    नेपाल मजदुर किसान पार्टी(नेमकिपा) ले भारतले जम्मु–कश्मीर र अक्साई चीनबारे लिएको निर्णयको विरोध गरेको छ । अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा बुधबार बसेको केन्द्रीय बैठकले उक्त निर्णय लिएको हो ।

    मोदी सरकारको जम्मु–काश्मीर र अक्साई चीनबारे लिएको कदम सार्क देशको हितमा नभएको नेमकिपाको ठहर छ । नेमकिपाका सचिव प्रेम सुवालले एक प्रेस बिज्ञप्ति मार्फत नेमकिपाको धारणा स्पष्ट पारेका हुन । भारत सरकारको कदम कुख्यात तानाशाह हिटलर र मुसोलिने शैलीको भएको भन्दै नेमकिपाले बिरोध जनाएको हो ।

    हेर्नुस् प्रेस बक्तब्य

     

    नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले जम्मू-कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरिदिएको छ । सोमवार राष्ट्रपति रामनाथ कोविन्दले जम्मू-कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको सूचना जारी गरेका हुन् ।

    जम्मू-कश्मीरलाई केन्द्रीय सरकार मातहत रहने भन्दै अहिले कश्मीरमा भारतले हजारौँ सैनिक परिचालन गरेर राखेको छ । भारत सरकारले जम्मू-कश्मीरलाई छुट्टै राज्यकोरुपमा स्वीकार नगरेपछि भारत-प्रशासित कश्मीर बन्द छ । त्यहाँका इन्टरनेट र फोन सेवा समेत बन्द गरिएका छन् भने त्याहाँ के भैरहेको छ भन्ने कुरा थाहाँ हुन सकिरहेको छैन ।

    चिसो सम्बन्धबाट गुज्रिरहेको भारत पाकिस्तान सम्बन्ध जम्मू-कश्मीरको विषयलाई लिएर झन् बिग्रिएको छ । पाकिस्तानले भारतीय उच्चायुक्तलाई देश निकाला गर्ने र भारतसँगको व्यापार रोक्ने बताएको छ ।

    पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू-कश्मीरको विशेष हैसियत खोस्ने भारतको निर्णयविरुद्ध संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‍मा समेत प्रतिवाद गर्ने बताएका छन् ।

    चीनले मङ्गलबार एक वक्तव्य जारी गरी जम्मु–कश्मीर माथि भारत सरकारले चालेको कदममा आफ्नो असहमती रहेको सार्वजनिक गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...