News Portal

  • उपचारका लागि आएका श्रेष्ठ बाटोमै समातिए

    भक्तपुर, २३ साउन
    १०५८ पटक
    भक्तपुर, २३ साउन

    नेत्र विक्रम चन्द’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक जिल्लास्तरीय नेता अस्पताल आउनेक्रममा बाटोमै पक्राउ परेका छन् । दूधपाटीस्थित मानव अंग प्रत्यारोपण केन्द्र आउने क्रममा उनलाई सल्लाघारीमै प्रहरीले समातेको हो ।

    उपचार गर्न आएका विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका गोपाल श्रेष्ठ समातिएका हुन् । उक्त पार्टीका सिधुपाल्चोक जिल्ला पूर्व इन्चार्ज समेत रहेको श्रेष्ठलाई प्रहरीले समातेको हो ।

    श्रेष्ठ मृगौलाको रोगले ग्रसित रहेको र उपचार गर्न आएका उनलाई अस्पताल सम्म पनि पुग्न नदिई पक्राउ गरिएको श्रेष्ठको पारिवारिक श्रोतले जनाएको छ । उनलाई यतिबेला सिन्धुपाल्चोकको सदरमुकाम चौतारा पुर्याइएको जानकारी प्राप्त भएको छ ।

    पछिल्लो समय प्रतिबन्धित पार्टीका नेता कार्यकर्ता धमाधम पक्राउ परिरहेका छन् । उक्त पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले सरकारलाई आफ्ना नेताकार्यकर्ता छाड्न चेतावनीयुक्त बिज्ञप्ती निकालिरहदा सरकारले भने थप नेता कार्यकर्ता पक्राउको क्रम जारी राखेको छ ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...