News Portal

  • भक्तपुरमा कपडा बैंकको उद्घाटन

    निशा कुस्मा / भक्तपुर पोस्ट भक्तपुर, २४ साउन
    ३३११ पटक
    भक्तपुर, २४ साउन

    भक्तपुरको हनुमानघाटस्थित श्री बाल सेवक आधारभूत विद्यालयको प्राङ्गणमा फ्युजन नेपाल र पद्म ज्योति फाउन्डेसनको सहकार्यमा कपडा बैंकको उद्घाटन गरिएको छ ।

    शुुक्रबार  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णगोविन्द खाईजुको प्रमुख आतिथ्यमा बैंकको उद्घाटन गरिएको हो ।

    उक्त अवसरमा प्रमुख अतिथि खाइजुले आफ्नो  प्रयोगमा नआएको कपडा अव्यवस्थित रुपमा फालेर वातावरण बिगार्नु भन्दा दान गरेर पुन्य कमाउनु पर्नेमा जोड दिए । कपडा बैंकले घरमा थन्किएका अनावश्यक लत्ताकपडाको ब्यवस्थापन गर्ने र आवस्यक मानिसलाई उपलब्ध गराउने उनले बताए ।

    कपडा बैैैंक अभियन्ता फ्युजन नेपालकी प्रमुख लक्ष्मी गौतमले कपडा बैंकमा कपडा मात्र नभएर जुत्ता र खेलौना पनि राखिने भन्दै त्यसका  लागि सहयोग गर्न आग्रह गरिन ।

    खोलिएको कपडा बैंक स्थानीयले अभिरुचिपूर्वक अवलोकन गरेका र आवस्यक सहयोग समेत प्राप्त भएको भन्दै गौतमले सन्तुष्टि व्यक्त गरिन ।

    गौतमले दिएको जानकारी अनुसार बैंकमा धेरै कपडाको आज लिनेदिने कार्य भएको छ भने कपडा लाने केहि बुढापाकाले सित्तैमा किन लानु भनेर आफूले सकेको रकम पेटिकामा हाली आर्थिक सहयोग पनि गरेका छन् ।

    उक्त कपडा बैंक उद्घाटन कार्यक्रम बालसेवक आधारभूत विद्यालयका प्राचार्य जयपाल हरि कायस्थको सभापतित्वमा सम्पन्न भएको थियो ।

    तस्वीर : निशा कुस्मा

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...