News Portal

  • भक्तपुरका ४ जनाले हराएको लाइसेन्स र दर्ता किताव भेटियो : लिन आउँन प्रहरीको अनुरोध

    भक्तपुर, २७ साउन
    १२१६ पटक
    भक्तपुर, २७ साउन

    जताततै लेखिएको हुन्छ -आफ्नो सामानको सुरक्षा आफैं गर्नुहोला’ त्यसैले सामान हराउँदा व्यक्ति आफैलाई दोषी मानेर दुखी हुने गर्छन । अरुलाई काम नलाग्ने सामान आफ्नो लागि अति महत्वपूर्ण हुन्छ तरपनि हराएको सामान नभेटीदाको तनाव सामान हराउनेलाइ नै बढी अनुभूत हुने कुरा हो ।

    यसैबीच काठमाडौंको रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयले धेरै मानिसहरुको महत्वपूर्ण कागजपत्र आफूले फेला पारेको बताएको छ । मानिसहरुको हराएका सवारी चालक अनुमति पत्र र सवारी दर्ता किताब आफूसंग सुरक्षित रहेको उक्त कार्यालयले जानकारी गराएको हो ।

    भक्तपुरका ४ जनाको हराएको सामान पनि फेला पारिएकाको सूचीमा रहेको छ । भक्तपुर पोस्टलाई प्राप्त जानकारी अनुसार असिम खड्का र विदुर धनुन्जकारको हराएको सवारी चालक अनुमति पत्र रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयमा सुरक्षित रहेको छ । त्यसैगरी पुण्य राम बोहजु र श्री चरण बज्राचार्यको हराएको सवारी दर्ता किताब पनि सुरक्षित राखिएको बताइएको छ ।

    विभिन्न मालसामान हराउने कुरा त सामान्य भैसक्यो तर हराएका मालसामान फेला परेका घटना बिरलै हुने गर्दछन । सामान हराउदा जति दुख लाग्छ भेटिएपछि त्यो भन्दा बढी खुशी मिल्ने गर्दछ । यदि यो सामान तपाइँको आफ्नै हो भने महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सम्पर्क नम्बर ९८५१२९८८८८ मा सम्पर्क गरेर तपाइँ सामान लिन सक्नुहुनेछ । यदि तपाइँको चिनजानका वा आफन्तहरूको हो भने उहाँहरुलाई सामान भेटिएको खवर गरिदिनुहुन भक्तपुर पोस्ट अनुरोध गर्दछ ।

     

    यस्तै जानकारी र समसामयिक समाचारका लागि Bhaktapur Post को फेसबुक पेज लाइक गर्नुहोला ।

    https://www.facebook.com/bhaktapurpost_

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...