News Portal

  • विरुवा नरोप्ने घरले सूर्यविनायक नगरपालिकाबाट सेवा नपाउने

    भक्तपुर, ३ भदौ
    २०२४ पटक
    भक्तपुर, ३ भदौ

    हनुमन्ते नदी सफाई अभियान चलाइरहेको सूर्यविनायक नगरपालिकाले हरियाली प्रवर्द्धन योजना अघि सारेको छ ।

    वृक्षारोपण गर्ने तर त्यसको संरक्षण नहुने भएपछि नगरपालिकाले व्यक्तिगत अथवा सस्थागत जिम्मेवारीमा वृक्षारोपण अभियान मार्फत हरियाली प्रवर्द्धन योजना अघि सारेको हो ।

    नगरपालिकाले एक नीति नै पारित गरि सार्वजनिक स्थल र सडकछेउ रोपिने बिरुवालाई व्यक्तिगत अथवा सस्थागत नाम दिन सकिने जनाएको छ । विरुवा रोप्नेले हुर्काउने दायित्व पनि लिउन भन्ने उदेश्यले जो व्यक्ति अथवा सस्थाले विरुवा रोप्छ त्यस विरुवालाई उही व्यक्ति अथवा सस्थाले चाहेअनुसार नाम दिन सक्ने नीति पारित भएको नगरपालिकाको भनाइ छ । सूर्यविनायक नगरपालिकाले नगरसभाबाट यो नीति पारित गरेको बताइएको छ ।

    सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले उक्त कुरा पुष्टि गर्दै अहिले पहिलो चरणमा कौशलटार, बालकोट, सिरुटार सडकमा विरुवा रोप्ने कार्य भएको बताइन । बस्नेतले अब बन्ने नगर क्षेत्रका सबै सडकमा स्थानीयलाई विरुवा रोप्न र संरक्षण गर्न आकर्षित गर्ने उदेश्यले नगरपालिकाले नयाँ नीति ल्याएको जानकारी गराइन । स्थानीयको अपनत्वमा वृक्षारोपण गर्ने नीति ल्याएको उनको जिकिर छ ।

    उनका अनुसार नगरपालिकाले वृक्षारोपणलाई ऐच्छिक विषय मात्र नभई अनिवार्य समेत बनाएको छ । अब हरेक नक्सा पास गर्ने घरले अनिवार्य २ वटा विरुवा रोप्न र हुर्काउन पर्ने व्यवस्था गरिएको उपप्रमुख बस्नेतले बताइन । बस्नेतले निर्माण सम्पन्न भैसकेका घरहरुलाई पनि अनिवार्य वृक्षारोपण गर्नुपर्ने व्यवस्था भएको अन्यथा नगरपालिकाले दिने सेवा उपलब्ध नगराउने नीति रहेको पनि स्पष्ट पारिन ।

    मंगलवार भक्तपुर पोस्ट संग कुरा गर्दै नगर उपप्रमुख बस्नेतले स्वस्थ जीवनको लागि स्वच्छ वातावरण आवस्यक भएको भन्दै त्यसको लागि सबै नगरबासीको साथ् रहने विस्वास व्यक्त गरिन् । स्थानीय सरकारका जनप्रतिनिधिको कार्यकाल अझै २ वर्ष १० महिना रहेको भन्दै यो अवधीमा स्थानीयको चाहना बमोजिम स्थानीय सहभागीतामा जोड दिदै विकास र सम्वृद्धिको बाटोमा सूर्यविनायक अघि बढ्ने उनको दावी छ ।

    प्रतिकृया दिनुहोस्

    घिमिरे गाउँमा भेटिएको शवको पहिचान, हत्या आरोपमा सुडालका एकसहित २ जना सार्वजनिक

    भक्तपुरको सीमाना संगै जोडिएको काभ्रेको बनेपा १ स्थित घिमिरे गाउँमा आइतवार बिहान मृत अवस्थामा भेटिएका...

    आज बर्षाको सम्भावना

    नेपाल र भारतको बिहार त्था पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले सोमबार देशभर...

    बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक छैन : विप्लव

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक नरहेको बताएका छन् ।...

    शिक्षकले राजनीति गर्न पाउनुपर्छ र एसईई पनि हटाउनु हुँदैन : प्रेम सुवाल

    prem suwal

    भक्तपुर १ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले शिक्षा बिधेयकमा उल्लेख शिक्षकले राजनीति गर्न नपाउने...

    प्रधानमन्त्रीको चीन भ्रमणले समृद्धिका लागि सम्भावनाको नयाँ ढोका खोल्यो : माओवादी केन्द्र

    नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणले विश्वासको वातावरण बनाउँदै...