News Portal

  • भक्तपुरका बराल शिक्षा सचिवबाट सरुवा भै पुगे स्वास्थ्य मन्त्रालय

    भक्तपुर, ३ भदौ
    १३७० पटक
    भक्तपुर, ३ भदौ

    कास्की जन्मथलो भै भक्तपुरलाई कर्मथलो बनाउदै आएका सचिव खगराज बराल शिक्षाबाट सरुवा भै स्वास्थ्य मन्त्रालयमा पुगेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय श्रोतले उनको शिक्षा मन्त्रालयबाट सरुवा भएको पुष्टि गरेको हो ।

    सूर्यविनायक नगरपालिकास्थित बालकोटका बासिन्दा बराल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सरुवा भएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेका हुन् ।

    शिक्षा मन्त्रालयले तयार पारेको राष्ट्रिय शिक्षा नीति पारित हुने भनिएको सोमबारको मन्त्री परिषदको बैठकले उक्त नीति पारित नगरेर शिक्षा सचिवकै सरुवा गरिदिएको हो । सरकारले शिक्षासचिवसँगै २० जना सचिवलाई एकैसाथ सरुवा गरेको थाहा भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार वन, उर्जा, गृह, रक्षा, संचार, अर्थ, सहरी विकास मन्त्रालयका सचिव बाहेक अरु सबै मन्त्रालयका सचिव पनि सरुवा भएका छन् ।

    शिक्षा सेवाबाट नै बढुवा भै सचिव भएका बराल प्रधानमन्त्री केपी ओलीको चाहना बमोजिम शिक्षा मन्त्रालयमा ल्याइएका थिए । करिव १५ महिने कार्यकालमा केहि दिन अघि मात्र बरालले शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसंग कार्यसम्पादन करार गरेका थिए । भक्तपुर पोस्टले बरालसँग प्रतिक्रिया लिन खोज्दा उनले मोबाइल उठाएनन् ।

    उनको ठाउँमा श्रमबाट महेश प्रसाद दाहाललाई ल्याइएको छ ।

    प्रतिकृया दिनुहोस्

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...