News Portal

  • खरिपाटी स्थित सैनिक प्रतिष्‍ठान भवनमा करेन्ट लाग्दा एकजनाको ज्यान गयो

    भक्तपुर, ४ भदौ
    १२२१ पटक
    भक्तपुर, ४ भदौ

    खरिपाटी स्थित सैनिक प्रतिष्‍ठानमा करेन्ट लागि एक व्यक्तिको मृत्यु भएको छ । मृतक भारतीय नागरीक भएको खुल्न आएको छ ।

    प्रहरीका अनुसार भारत मोतिहारी घर भई हाल ब्यारेक भवनमा नै बस्दै आएका १९ वर्षीय प्रदिप कुमार हजामको करेन्ट लागी मृत्यु भएको हो ।

    चाँगुनारायण- ५ खरिपाटीस्थित सैनिक प्रतिष्‍ठानमा रहेको ब्यारेक भवनमा टायल मार्बलको काम गर्नेक्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलवार बेलुकी करिब ७ बजेको समयम करेन्ट लागि घाईते भएका हजामलाई उपचारका लागी भक्तपुर अस्पताल पुर्याइएको थियो ।

    उपचारकै क्रममा करिब साढे सात बजेको समयमा सम्बन्धित चिकित्सकद्धारा उनलाई मृत घोषित गरिएको बताइएको छ ।

    महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी टोली खटि गई घटनाको अनुसन्धान गरिरहेको परिसरका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक रेवती रमण पोखरेलले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...