News Portal

  • मध्यपुरमा एक युवक मृत अवस्थामा फेला

    भक्तपुर, ८ भदौ
    १४८७ पटक
    भक्तपुर, ८ भदौ

    मध्यपुर थिमी नगरपालिका वडा नम्बर–७ मा एकाविहानै एक युवक झुन्डिएको अवस्थामा फेला परेका छन् । धुन्चेपाखास्थित आफ्नै घरमा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

    स्थानीय युवक अन्दाजी २५ वर्षिय अविशेक श्रेष्ठको शव आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको वडाध्यक्ष कृष्ण कुमार प्रजापतिले पुष्टि गरेका छन् । घरको आफू सुत्ने कोठामा उनी मृत फेला परेका हुन् । इञ्जिनियरिङ्गका बिद्यार्थी रहेका श्रेष्ठ परिवारका जेठा छोरा हुन् । उनले आफ्नै कोठामा नाइलनको डोरीको पासो लगाई आत्महत्या गरेको अवस्थामा फेला परेका वडासदस्य सुजन पौडेलले भक्तपुर पोस्ट संग भने । उनका अनुसार आइतवार विहान अबेरसम्म अविशेक नउठेपछि हेर्न जाँदा परिवारका सदस्यले उनलाई झुन्दिएको अवस्थामा देखेका थिए ।

    झुन्डिएको अवस्थामा शव देखेपछि परिवारले बिहान करिब ८ बजे प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मुचुल्का उठाई श्रेष्ठको शवलाई यतिबेला पोष्ट मार्टमको लागि भक्तपुर अस्पताल पुर्याएको बताइएको छ । घटनाको अनुसन्धान भैरहेको महानगरी प्रहरी वृत्त थिमीको भनाइ छ ।

    यसैबीच आइतवार अपरान्ह चाँगुनारायण नगरपालिका वडा नम्बर ५ स्थित छालिङको जंगलमा पनि एक शव झुन्डिएको अवस्थामा फेला परेको छ ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी समेत रहेका डीएसपी रेवती रमण पोखरेलले घटनाको पुष्टि गर्दै शव झुन्डिएको अवस्थामा फेला परेको स्थानीयको सूचनाको आधारमा प्रहरी त्यसतर्फ गएको बताए ।

    उनका अनुसार मृतकको सनाखत भैसकेको छैन ।

     

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...