News Portal

  • भक्तपुर मालपोतका सुब्बा र लेखापढी व्यवसायी विरुद्ध मुद्दा दायर

    भक्तपुर, ११ भदौ
    २४७३ पटक
    भक्तपुर, ११ भदौ

    मालपोत कार्यालय भक्तपुरमा कार्यरत रहेका नायब सुब्बा हरिनारायण उपाध्याय र लेखापढी व्यवसायी हीरामणि निरौला लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको छ ।

    घुस खाएको आरोपमा पक्राउ परेका उपाध्याय र निरौला माथि अख्तियारले अनुसन्धान गर्दा भ्रष्टाचारी भएको ठहर गरेको र उनीहरु विरुद्ध बबरमहलस्थित विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

    कार्यालय समयमा सेवाग्राहीको भीडभाड बढी हुने भनी लेखापढी व्यवसायी निरौलाले काम सहज गरिदिने भन्दै सेवाग्राहीसँग ४ हजार रुपियाँ घुस लिएको अभियोग छ । निरौलामार्फत नायब सुब्बा उपाध्यायले घुस लिएको पाइएको अख्तियारको जिकिर छ ।

    उनीहरुउपर मंगलवार  बिगो बमोजिम कारवाहीको माग गरी विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...