News Portal

  • भक्तपुर प्रहरी संगठित चोरहरु समात्न सफल : गाडीको ब्याट्री चोर्ने गाडी धनीसहित ४ समातिए

    भक्तपुर, १५ भदौ
    ४८४२ पटक
    भक्तपुर, १५ भदौ

    भक्तपुर प्रहरीलाई संगठित चोरहरु समात्न सफलता मिलेको छ । पार्किङ गरिएका गाडीबाट ब्याट्री चोर्ने कार्यलाई नै कमाउ धन्दा बनाउदै आएका चोरहरुको एक संगठित समुहलाई समात्न प्रहरी सफल भएको हो ।

    जिल्लाका विभिन्न स्थानमा पार्किङ गरी राखिएका बिभिन्न सवारी साधनहरुबाट विभिन्न समयमा व्याट्री चोरी भएका घटनाको अनुसन्धानमा जुटेको प्रहरीले चोरहरुको समुहलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी समेत रहेका डीएसपी रेवतीरमण पोखरेलले जानकारी गराए ।

    पोखरेलका अनुसार ब्याट्री चोरीको भक्तपुरमा ६ वटा उजुरी परेको छ । उजुरीको अनुसन्धान गर्ने क्रममा प्रहरीले संदिग्ध चोरहरुको निगरानी गरिरहेको थियो । प्रहरीले बिशेष सुचनाको आधारमा चोरको पहिचान गर्न सकेपछि उनीहरु चोरीका सामान सहित समातिएका हुन् ।

    प्रहरीको विशेष अनुसन्धान टोलीले ब्याट्री चोरीमा संलग्न चोरहरुलाई शनिवार पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा सुनसरीको ईटहरी-९ घर भई हाल राधेराधे बस्ने २२ वर्षिय मनोज सापकोटा, दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. ३ पुतलीघाट घर भै राधेराधे बस्ने ३१ वर्षिय विमल श्रेष्ठ, ठिमी बस्ने बर्ष २१ को भारतीय नागरीक चन्दन कुमार र  ललितपुर बस्ने अर्का भारतीय नागरीक ३८  वर्षिय सुरेन्द्र चौधरी रहेका छन् ।

    उनीहरुको साथबाट चोरीका व्याट्रीहरु १ सय ८४ थान,व्याट्री चोरी गर्न प्रयोग हुने फलामको लिभर र रेन्चु बरामद गरिनुका साथै ब्याट्री ओसार पसारमा प्रयोग भएका एउटा कार र अर्को डि.आई.भ्यान समेत प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । चोरीका ब्याट्री लोड गरिएको अवस्थामा प्रदेश नम्बर ०३-०१-०२२ च.२१६६ नम्बरको एउटा कार र ना.२ च. ४३५४ नम्बरको एउटा डि.आई.गाडीसहित चोरहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी रेवती रमण पोखरेलले बताए ।

    प्रदेश नम्बर ०३-०१-०२२ च.२१६६ नम्बरको कार पक्राउ परेका विमल श्रेष्ठको भएको र उनी कवाडी व्यवसायी समेत भएको प्रहरीको भनाइ छ । चोरिएका व्याट्रीहरु भारतीय बजारदेखि सम्बन्धित ब्याट्रीका कम्पनीसम्ममा कवाडीका रुपमा बिक्री गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी प्राप्त भएको छ ।

    पोखरेलका अनुसार शनिवार पक्राउ परेका उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान गर्न भक्तपुर जिल्ला अदालतबाट प्रहरीलाई पहिलो पटक दिन ७ दिनको म्याद प्राप्त भएको छ । अहिले उनीहरु उपर आवश्यक अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसर भक्तपुरको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...