News Portal

  • गर्मीमा पुग्नैपर्ने गन्तब्य : चाँगुनारायणस्थित मुहान पोखरी झरना

    बुद्धशरण शाही/ भक्तपुरपोस्ट भक्तपुर, १६ भदौ
    ८७२७ पटक
    भक्तपुर, १६ भदौ

    बेलाबेलामा वर्षा भइरहे पनि केहि दिन यता गर्मी निकै बढेको छ । यस्तो उखरमाउलो गर्मी छल्न भक्तपुरमै रहेको झरनाबारे धेरैलाई थाहाँ नहुन सक्छ ।

    व्यस्त दैनिकीका कारण मानिसहरुलाई धेरै टाढा जान फुर्सद पनि छैन । शहरी जीवनमा मानिसहरुलाई फुर्सद पाउन मुस्किल छ । तर, फुर्सद मिलेमा पनि नजिकै मनमोहक झरनामा रुझ्न भिज्न सकिन्छ भन्ने कुराको विश्वास नहुन पनि सक्छ ।

    बागमती, मनोहरा र हनुमन्ते लगायतको नदीको हालत हेरेर राजधानीमा स्वच्छ पानीको कुरा गर्दा पनि पत्यार नमान्ने धेरैलाई भक्तपुरको चाँगुनारायण एक आकर्षणको केन्द्र हुनसक्छ ।

    हो, यहाँ मुहान पोखरी झरना रहेको छ जहाँ तपाइँ पानीको मज्जा लिन सक्नुहुन्छ ।

    भक्तपुरको चाँगुनारायण नगरपालिकाको वार्ड नं ६ र ७ मा मुहान पोखरी झरना पर्दछ । यो झरना गर्मी छल्ने उत्कृष्ट गन्तव्य हुन सक्छ । यो झरनाले विदाका दिनलाई निकै रमाइलो बनाउने पक्का छ ।

    भक्तपुर चाँगुनारायणमा रहेको यो मुहान पोखरीमा जानका लागि भक्तपुरबाट खरिपाटी हुँदै जान सकिन्छ । खरिपाटीबाट १५–२० मिनेटको बाटो काटेपछि उक्त झरनामा पुग्न सकिन्छ । अहिले धेरै मानिसहरु यो गन्तव्यमा पुग्ने र रमाउने गरेका छन् ।

     

    नगरकोटको महादेव कुण्डबाट बगेर आउने खोला मुहान पोखरीमा आएपछि झरना बन्दछ । त्यो झरना बग्दै आएर हनुमन्ते खोला हुँदै बागमती नदीमा मिसिने गर्दछ ।

    पुरानो भनाई अनुसार परापूर्व कालमा समुन्द्र मन्थनको क्रममा निस्केको कालकुट बिष महादेवले जगत कल्याणको लागि पिउदा भएको छटपटाहट यहिँ कुण्डमा डुबेर शान्त पारेका थिए । यहिँ महादेवले बिष बमन गर्न प्रयास गरी अगाडिको यात्रा पूरा गरेको भनाइ यहाँ प्रख्यात छ । यसर्थ, यसको पानीको धार्मिक महत्व पनि रहेको छ । यस झरनासँगै यहाँ काली दह, पञ्चकन्या देवीको मन्दिर र मुहान गणेशको मन्दिर पनि रहेका छन् । धार्मिक आस्था राख्नेहरुका लागि यी मन्दिरहरु अझ बढी महत्वपूर्ण हुनसक्छन् ।

    भक्तपुरमा अहिले पनि वर्षातको समयमा पानी नपरेको खण्डमा बाजागाजा सहित पानी माग्ने परम्परा रहिआएको छ । बाजागाजासहित पानी मागेमा बर्षा हुुने गरेको मान्यता अहिले पनि स्थापित छ ।

    भक्तपुर किसानहरुको शहर भएकोले पनि यहाँ पानीको ठूलो महत्व छ । भक्तपुरको मुहान पोखरीमा पानीसंग खेल्नुको मज्जा बेग्लै छ जो शब्दमा वर्णन गर्न कठिन छ । पोखरी, झरना, खोलालाई शब्दमा बुझ्नुभन्दा मुहान पोखरीमा आएर बुझ्दा त्यो अझ अर्थपूर्ण हुने निश्चित छ ।

    तस्वीर : बुद्धशरण शाही/ भक्तपुरपोस्ट

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...