News Portal

  • भक्तपुरमा लोकप्रिय बन्दै ‘केनदामा’

    निशा कुस्मा/भक्तपुर पोस्टभक्तपुर, १९ भदौ
    १७१९ पटक
    भक्तपुर, १९ भदौ

    केनदामा के होला भन्ने तपाइँलाई लागेको होला । यो केनदामा न कुनै व्यक्तिको नाम हो न त नेपालको भाषा नै हो । यो त जापानमा लोकप्रिय एक जापानीज खेल हो ।

    केनदामा खेल नेपालको लागि नयाँ खेल हो । हातमै सिमित भएर खेलिने यो खेल भक्तपुरमा भने खुबै खेलिन्छ ।

    जापानीज खेल केनदामा अहिले भक्तपुरका केही विद्यालयहरुमा चर्चित हँदै आएको छ । पारागन ऐकेडेमी र चम्पक विद्यापीठबाट भक्तपुरमा यो खेलको सुरुवात भएको हो । पहिलो केनदामा प्रतियोगिताकोका लागि हिमालयन ग्लोरी र डेमोस ई. स्कूल पनि तयार गरिएका थिए । हाल प्रतियोगिताद्वारा जापानी राजदूतावासका प्रतिनिधि योसिकाले थप २२ वटा विद्यालयलाई केनदामा उपलब्ध गराएपछि भक्तपुरका विद्यालय केनदामामय भएका छन् ।

    यो खेलबाट विद्यार्थीको ध्यान केन्द्रित गर्न सघाएको तथ्य विभिन्न अध्ययन अनुसन्धानले पुष्टि गरेको दावी गरिएको छ । त्यसैले कक्षा ४,५,६ बाट खेलको आरम्भ गरेको नेपाल केनदामा नेटवर्कका संयोजक पुण्यराम कवांले बताए । ‘केनदामा खेलमा बल र कप प्रयोग गरिन्छ । यो खेलमा आँखा र हातको तालमेल मिलाउनु पर्छ’ प्रशिक्षक आयात भन्छिन्, ‘खेलको विधिले सन्तुलन मिलाउन र ध्यान केन्द्रित गर्न सहयोग पु¥याउँछ ।’

    ‘अहिलेको समयमा बालबालिकाहरु पढाइप्रति त्यति सजक नभएको थुप्रै अभिभावक, शिक्षक र सरोकारवालाको गुनासो छ’ नेपाल केनदामा नेटवर्क एवं पारागन ऐकेडेमीका संयोजक पुण्यराम कवां भन्छन्, ‘अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलिने खेलले उनीहरुको शारिरिक मात्र नभइ मानसिक विकासमा पनि टेवा पु¥याउ“छ ।’ खेलको यही महत्वलाई मध्यनजर गरी नेपाल केनदामा नेटवर्क, भक्तपुरले नेपालमै पहिले पटक जापानमा खेलिने केनदामा खेलको प्रतियोगिता आयोजना समेत गरेको कवांको भनाई छ ।

    केनदामा खेल नेपालको लागि अनौठो र नयाँ खेल हो । कतिपयलाई यो खेलको बारे थाहा छैन । यो खेल खेल्नलाई फुटबल, भलिबलमा जस्तै समुहको खाँचो पर्दैन । यो एक्लैले खेल्ने खेल हो । उठबस गरे जस्तै गरी आफ्नो शरीर चलाउदै केनदामा, बल र कप को प्रयोग गरी खेलिन्छ ।
    ‘विद्यार्थीको पढाई संगसंगै विभिन्न अतिरिक्त क्रियाकलापहरुमा सहभागी गराएर उनीहरुको सर्वाङ्गीण विकास गर्न सकिन्छ’ प्रिन्सिपल सुवाल बताउँछन्, ‘विद्यार्थीको रुचिको विषय बनेको छ, केनदामा ।’

    ‘मैले सिकेको एक वर्ष भयो, रमाईलो खेल हो केनदामा ’ चम्पक विद्यापीठका कक्षा चारका असिम भडेल भन्छन्, ‘कक्षामा थोरै ठाउँ भए पुग्छ, खेल्नलाई ठूलो ठाउँ चाहिदैन ।’ चम्वक विद्यापीठका प्रिन्सिपल रमेश सुवालका अनुसार असिम केनदामा खेलमा मात्र नभई शिक्षामा पनि त्यति नै अवल छ ।

    कसरी खेल्ने केनदामा
    केन हठौडा आकारको काठबाट बनेको हुन्छ । जसको माथिल्लो भागमा धागोले जोडेको हुन्छ । यसमा फरक आकारका दुईवटा साना ठूला कपहरु हुन्छन् । त्यही रुपमा धागोले अड्याएको बललाई कपमा सन्तुलन मिलाउने गरिन्छ । त्यस्तै धागोले अड्याएको बलमा एउटा प्वाल हुन्छ जुन ह्यान्डलको चुच्चोमा खेलीखेली अड्याइन्छ ।

    यो खेल्नको लागि खेलौना समातिन्छ र बललाई माथि माथि तानिन्छ ताकि यो कि त कपको कुनै ठाउँमा समात्न सकिन्छ वा स्पाइकमा प्वाल भएको ठाउँमा लैजान सकिन्छ। अधिक उन्नत चालहरूमा अनुक्रमिक ब्यालेन्स, जग, र क्याचहरू समावेश छन्। १०-क्यु रेटिंग्स (सब भन्दा कम शुरुवात ग्रेड) सबैभन्दा ठूलो कपमा बललाई समातेर प्राप्त गरिन्छ। केनदामा खेलमा बल र कप प्रयोग गरिन्छ । यो खेलमा आँखा र हातको तालमेल मिलाउनु पर्छ ।

    खेल इतिहास
    केनदामा लामो इतिहास बोकेको खेल हो । जापानी खेल भने पनि यो फ्रान्सबाट सुरु भएको खेल हो । १६ औं शताब्दीमा विवोक्वेट नाम दिई सुरु भएको थियो । सन् १७१७ मा मात्र यो खेल जापान भित्रिएको इतिहास छ । त्यो बेला केनदामा अहिलेको जस्तै विकसित थिएन । २० औं शताब्दीमा मा जापानीहरुले यसलाई विकसित रुपमा ढालेका थिए । आधारभूत स्वरुप हिरोसिमाका हामागी इगुसाले यो खेललाई आधिकारीक रुपमा दर्ता गरी पेटेन्ट राईट प्राप्त गरेका थिए । त्यस पछि यो खेलले संसार भर एउटै रुप लिएको थियो ।

    यसरी विकसित हँदै आएको केनदामालाई सन् १९७५ मा जापानी नागरिक इस्से फुसिवाकाले जापानीज केनदामा एसोसियसन स्थापना गरी यसलाई संस्थागत गरेका थिए । त्यससंगै केनदामाको आफ्नै खेलविधि, निति, नियम बनेको थियो । यही नियमलाई पालना गरी २० औं शताब्दीमा युरोपियन केनदामा एसोसिएसन गठन भएको अभिलेखमा उल्लेख गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    सुचनाको हक र सकारात्मक सोच विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आज (शनिबार) भक्तप्रको राधेराधे स्थित रोयल थाइ हस्पितालिटी होटलमा सुचनाको हक र सकारात्मक सोच विषयक...

    अनेसासको वरिष्ठ उपाध्यक्ष पदमा सुप्रसिद्ध कवि लालगोपाल सुवेदीको उम्मेद्वारी

    अन्तर्राष्ट्रि« नेपाली साहित्य समाज –अनेसास) को आगामी कार्यकाल २०२२–२०२४ का लाग साहित्यकार सुप्रसिद्ध तथा सर्वप्रिय...

    रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी आयोगमा दर्ता

    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पूर्व सञ्चारकर्मी रवि...

    शिक्षा नै कानुनी शासन स्थापनाका लागि प्रमुख आधार होःराष्ट्रपति भण्डारी

    राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षा नै कानुनी शासन स्थापनाका लागि प्रमुख आधार रहेको बताएकी छन्...

    मन्त्री फिर्ता बलाउने कुनै निर्णय गरेको छैनः उपेन्द्र यादव

      जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूहरूले मन्त्री फिर्ता बलाउने वा नयाँ...