News Portal

  • १४ लाख बजेट छुट्याइएको पोखरी १० लाखमै निर्माण सम्पन्न : प्रमुख प्रजापतिद्वारा उद्घाटन

    भक्तपुर, २७ भदौ
    ४२५५ पटक
    भक्तपुर, २७ भदौ

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वडा नम्बर ८ जेंलास्थित जेंला पोखरी (पुखुचा) को उद्घाटन गरेका छन् । भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा पुनःनिर्माण सम्पन्न गरिएको पोखरी शुक्रवार प्रमुख प्रजापतिले उद्घाटन गरेका हुन् ।

    जेंला पोखरी उपभोक्ता समितिहरुमार्फत् पुनःनिर्माणको कार्य सम्पन्न गरिएको हो । यसको लागत इस्टिमेट रु १४ लाख बराबरको थियो भने करिब १० लाख ४ हजारको लागतमा पुनःनिर्माण कार्य सम्पन्न भएको उपभोक्ता समितिले जनाएको छ ।

    उक्त अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै नगरप्रमुख प्रजापतिले पुराना सम्पदाहरुको पुनःनिर्माणमा पुरानै शैली र प्रविधि अपनाएर नगरपालिकाले कला, सस्कृती र इतिहास जिवन्त बनाइराखेको जिकिर गरे । उनले पोखरीहरुको महत्वबारे प्रस्ट पार्दै नयाँ पुस्ताको लागि यिनीहरु अमूल्य सम्पत्तिको रुपमा रहेको बताए ।

    फरक प्रसंगमा बोल्दै प्रमुख प्रजापतिले डेंगु रोगबाट बच्न सरसफाइमा बढी ध्यान दिनुका साथै समुदायलाई सचेत पार्दै परिचालन गर्नुपर्ने आवश्यकता औल्याए । नेमकिपाका केन्द्रिय सदस्य समेत रहेका नगरप्रमुख प्रजापतिले नजिकिँदै गरेको नेमकिपाको सातौं महाधिवेशनमा सहभागिताको निम्ति आह्वान समेत गरेका थिए ।

    उक्त अवसरमा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले पुर्खाले सिर्जेको सम्पत्तिलाई अब प्रविधिसँग जोड्दै लानुपर्नेमा जोड दिएकी थिइन् भने वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले जनताको साथ र सहयोग प्राप्त भएकै कारण भक्तपुरको विकास सम्भव भएको बताएका थिए ।

    कार्यक्रममा नेमकिपा वडा नं. ८ का इन्चार्ज कृष्णप्रसाद कोजु, अनुगमन समितिका संयोजक एवम् वडा सदस्य शिवप्रसाद बाला, अनुगमन समिति सदस्य शिवराम बोहजु र जेंला पोखरी उपभोक्ता समितिका अध्यक्ष पुण्यराम बोहजुले पनि आ-आफ्नो बिचार व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...