News Portal

  • काठमाडौंका मेयर शाक्यसहितको टोली बिदेशी पाहुना लिएर भक्तपुरमा

    भक्तपुर, ३० भदौ
    २३३७ पटक
    भक्तपुर, ३० भदौ

    काठमाडौँ महानगरपालिकाको निमन्त्रणमा आएको विदेशी पाहुना टोलीले भक्तपुरको सम्पदाको अवलोकन भ्रमण गरेको छ । आइतवार उक्त टोलीले भक्तपुरको भ्रमण गरेको हो ।

    विश्व सम्पदा सूचीमा पर्ने भक्तपुरको दरबार स्क्वायर क्षेत्र लगायतमा विदेशी पाहुनाहरुले अभिरुचीपूर्वक अवलोकन भ्रमण गरेका हुन् । भारतको उत्तरी दिल्ली नगरपालिकाका प्रमुख सरदार अवतार सिंह त्यसैगरी भुटानको थिम्पु नगरका प्रमुख किन्ले दोर्जी लगायत बिभिन्न देशका नगर प्रमुखहरु भक्तपुर भ्रमणमा सहभागी भएका थिए ।

    भारतको उत्तरी दिल्ली नगरपालिकाका प्रमुख सरदार अवतार सिंह भक्तपुरको सम्पदा अवलोकन बाट औधी खुशी देखिए । उनले यहाँका सम्पदाबारे आफ्नो नगरवासीलाई बताउने बताए ।

    सङ्ग्रहालयको अवलोकनपछि उत्साहित हुँदै उनले नेपाल भ्रमण बिना भ्रमण पूरा नहुने प्रष्ट पारे । नेपाल भ्रमण वर्ष २०२० को सफलताको कामना गर्दै उनले आफ्ना नगरबासीलाई नेपाल भ्रमण गर्नुपर्ने कारणबारे जानकारी गराउने बताए ।

    यस्तै भुटानको थिम्पु नगरका प्रमुख किन्ले दोर्जीले पनि भक्तपुरको संस्कृतिबाट आफू प्रभावित भएको बताए । उनले सम्पदा संरक्षण र विकासमा नगरले देखाएको तदारुकता र प्राप्त गरेको प्रगतीप्रती खुलेर प्रसंशा गरेका थिए ।

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गीसहितको काठमाडौँ महानगरको टोली विदेशी पाहुनाहरु लिएर भक्तपुरको सांस्कृतिक सम्पदाको भ्रमण गर्न आइपुगेका थिए । उनीहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख सृजना जोशीसहितको टोलीले स्वागत गर्नुको साथै सम्पदा अवलोकन गराएको थियो ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...