News Portal

  • भक्तपुरबाट २ महिनामा ११ हजार बढीले लिए व्यक्तिगत पान : यसरी प्राप्त गर्न सकिन्छ पान नम्बर

    संजीप शुभचिन्तक/भक्तपुर पोस्ट भक्तपुर, २ असोज
    ३६९९ पटक
    भक्तपुर, २ असोज

    भक्तपुरस्थित आन्तरिक राजस्व कार्यालयबाट दुई महिनामा ११ हजार बढी व्यक्तिले व्यक्तिगत स्थायी लेखा नम्बर (व्यक्तिगत पान नम्बर ) लिएका छन् । नयाँ आर्थिक वर्ष शुरु भएको दुई महिनामा नै यत्ति धेरै व्यक्तिले व्यक्तिगत पान नम्बर लिएका हुन् ।

    आन्तरिक राजस्व कार्यालय, भक्तपुरमा कार्यरत कर अधिकृत तीर्था निरौलाले चालू आर्थिक वर्ष ०७६/७७ को साउन र भदौ महिनामा मात्र ११ हजार बढी व्यक्तिले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका भक्तपुर पोस्ट लाई जानकारी दिइन् । निरौलाका अनुसार विगत वर्षका तुलनामा यो संख्या अत्यधिक हो । गत आर्थिक वर्षको यो अवधिमा ६ सय ६० जनाले मात्र व्यक्तिगत स्थायी लेखा नम्बर लिएको उनको भनाइ छ ।

    ”सेवाग्राहीहरु स्व:स्फूर्त रूपमा स्थायी लेखा नम्बर लिन आइरहनु भएको छ । हामीलाई कामको भ्याई नभ्याई छ ।” कर अधिकृत तीर्था निरौलाले भक्तपुर पोस्ट संग भनिन् । उनका अनुसार सरकारले यो आर्थिक वर्षदेखि तलव/ज्याला लेनदेनमा समेत स्थायी लेखा नम्बर अनिवार्य गरेपछि व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको भीड ह्वात्तै बढेको हो ।

    व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या मात्र नभई यो आर्थिक बर्षमा भक्तपुरबाट आयकर र मूल्य अभिवृद्धि करको प्रमाणपत्र लिनेको संख्या पनि अत्यधिक बढ्ने अनुमान गरिएको छ ।

    गत वर्षको तुलनामा यो आवको दुई महिनाको तथ्यांक तुलना गर्दा गत वर्ष भ्याटको प्रमाण पत्र लिने २२२ जना रहेकोमा यो वर्ष त्यो संख्या बढेर ४ सय बढी पुगेको छ भने आयकरमा गत वर्षको संख्या ६६० मा २ हजार बढेर २ हजार ६ सय ६० पुगेको देखिन्छ ।

    तथ्यांक तुलना गर्दा आन्तरिक राजस्व कार्यालय भक्तपुर उत्साहित भएको छ । राज्यलाई कर तिर्न सर्वसाधारण जागरुक भएको कार्यालयको दावी छ ।

    व्यक्तिगत पान के हो

    व्यवसायिक कारोबार नगर्ने व्यक्तिले लिने स्थायी लेखा नम्बरलाई व्यक्तिगत पान भनिन्छ । रोजगारमा संलग्न व्यक्तिहरुको लागि व्यक्तिगत पान अनिवार्य गरिएको छ । २०६७ सालदेखि यो पान लिन शुरु गरिए पनि यो आर्थिक वर्षबाट मात्र बजेट मार्फत सरकारले यसलाई अनिवार्य गरेपछि रोजगारदाताले खर्च देखाउन कामदारहरुको अनिवार्य पान हुनुपर्ने व्यवस्था गरिएको हो ।

    कर कट्टि हुने आयको रोजगारदाताले अग्रिम कर कट्टि गरेको रकम सम्बन्धित रोजगारी गर्ने व्यक्तिको स्थायी लेखा नम्बरमा जम्मा हुन जान्छ । व्यक्तिगत पान लिए पछि रोजगारी गर्ने व्यक्तिमा थप दायित्व बढ्ने भन्ने चाँही हुँदैन ।

    यसको महत्व के छ
    आयलाई अभिलेखीकरण गर्न यसको महत्व अत्यधिक रहेको हुन्छ । रोजगारदातालाई न्युनत्तम पारिश्रमिक लागू गराउन यसले भूमिका खेल्न सक्छ । विभिन्न सरकारी र व्यवसायिक प्रयोजनका लागि प्रमाण देखाउन यसले प्रमाणपत्रको कम गर्छ भने राज्यप्रति जिम्मेवार नागरिक भएको बलियो प्रमाण पनि हो यो ।

    कसरी लिने व्यक्तिगत पान नम्बर

    नागरिकता अथवा आफ्नो परिचय पत्र खुल्ले कागज पत्र लिएर आन्तरिक राजस्व कार्यालय वा नजिकको कर दाता सेवा कार्यालयमा गएर पान नम्बर लिन सकिन्छ । तर, कम जनशक्ति र बढी मागका कारण अहिले सेवाग्राहीले आफै घरमै बसेर अनलाइनमा फारम भरेपछि आफ्नो परिचय पत्र लिएर कार्यालय आउनुपर्ने व्यवस्था गरिएको आन्तरिक राजस्व कार्यालय भक्तपुरकी कर अधिकृत तीर्था निरौलाको भनाइ छ । व्यक्तिगत पान नम्बर लिन कुनै शुल्क नलाग्ने र लिएपछि पनि नवीकरण गर्नु नपर्ने तथा अन्य दायित्व पनि व्यहोर्नु नपर्ने निरौलाले जानकारी गराइन् ।

    यस्तो छ व्यक्तिगत पान दर्ता प्रक्रिया

    personal PAN

    थप जानकारीका यहाँ क्लिक गर्नुस्

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गर्नुभयो ? समाचारको सबैभन्दा तल बायाँ पट्टी पेज छ ।

     

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...