News Portal

  • नेमकिपाद्वारा नेकपाको अस्तित्व अस्वीकार,मशालमाथि पनि अध्यक्ष बिजुक्छेंले उठाए औंला

    हिना सुवाल भक्तपुर, ३ असोज
    १८७५ पटक
    भक्तपुर, ३ असोज

    नेपाल मजदुर किसान पार्टीले सतारुढ़ दल नेपाल कम्युनिष्ट पार्टीको कम्युनिष्ट अस्तित्व अस्वीकार गरेको छ । पार्टीको सातौ महाधिवेशनको उद्घाटन सत्रमा आयोजित सभालाई शुक्रवार भक्तपुरको सल्लाघारीमा सम्बोधन गर्दै अध्यक्ष नारायणमान बिजुक्छेले पटक पटक एमाले र माओबादी केन्द्रको सरकार भनिरहे पनि यी दुई पार्टी एकतापछि बनेको नेकपा प्रति आक्रामक अभिव्यक्ति  दिए ।

    एमाले र माओवादी पार्टीहरू निर्वाचनमा बहुमत ल्याएर नेपाली काँग्रेसलाई ठेगान लगाउने र आफ्नो अस्तित्व जोगाउन नेकपाको नाममा
    सिद्धान्तहीन राजनीतिमा हाम फालेको र नेकपा माक्र्सवादी पार्टी नभई संशोनवादी र अवसरवादी भएको उनको भनाइ छ ।

    नेकपा एमाले र माओबादी केन्द्र देखि नेकपा मसाल सम्म पनि सच्चा कम्युनिष्ट पार्टी नभएको भन्दै यिनीहरुले जनतालाई झुक्याइरहेको अध्यक्ष बिजुक्छेंको आरोप छ । ”समाजवादको आस्वासन बाढ्ने तर व्यवहारमा त्यो आचरण नगर्ने र बाचा तोड्नेहरु कम्युनिष्ट हुन सक्दैनन् ।” उनले भने ।

    नेपाली काँग्रेस सिद्धान्तहीन भएको भनेका अध्यक्ष बिजुक्छेंले एमाले,माओबादी केन्द्र देखि मसालसम्म शासक दल भएको तर यिनीहरु समाजवादको नाम भजाएर स्वार्थमा रमाइरहेको आरोप लगाए । शासक दलहरूको उद्देश्य खस–आर्यहरूको बडा राष्ट्र अहंकारवादीहरूको राजनैतिक संघर्ष मात्र सरकारमा पुग्ने लुछाचुडी भएको बिजुक्छेले बताए । नेमकिपा मात्र सच्चा कम्युनिष्ट भएको र समाजबादी क्रान्तिको बाटोमा अविचलितरुपमा लागिरहेको उनले जिकिर गरे ।

    समाजवादको बचन पूरा नगर्ने पार्टीहरुले जनतालाइ बिस्वासघात गरेको भन्दै उनले नेमकिपा कहिल्यै संसदबादी भाषमा नाभसीएको दावी गरे । बन्दुक बोकेर आएका दलहरु पनि सत्ताको चास्नीमा डुबेको र समाजबाद बिर्सिएको बताउदै उनले नेमकिपा अहिले सम्म चोखो रहेको बताए ।

    सम्बोधनमा अन्तराष्ट्रिय घटनाबारे धेरै समय बोलेका अध्यक्ष बिजुक्छेले चीन लगायात कम्युनिष्ट देशप्रति पक्षधरता देखाएका थिए भने भारत र अमेरिकाको चर्को आलोचना गरे ।

    भेनेजुयालामाथि अमेरिकाले दादागिरी देखाएको र जम्मु कास्मिर माथि भारतले हस्तक्षेप गरेको सह्य नहुने बताउदै उनले अमेरिकी साम्राज्यवाद र भारतीय बिस्तारबाद बिरुद्ध नेमकिपा सदैव लडिरहने उद्घोष गरे ।

    पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुस्

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...