News Portal

  • भक्तपुर नगरपालिकालाई राउटेको पनि कर चाहिएको छ : सांसद बस्नेत

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, १३ असोज
    ४४११ पटक
    भक्तपुर, १३ असोज

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधिसभा सांसद महेश बस्नेतले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को सामाजिक फासिवाद मान्य नहुने बताएका छन् ।

    आइतवार सूर्यविनायक नगरपालिकाको सूवर्ण चौकस्थित इम्पेरियल बैंक्वेटमा योयो युनिटीद्वारा आयोजित पदभार ग्रहण तथा दशैको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि रहेका सांसद बस्नेतले नेमकिपाले फरक आस्था राख्नेहरुलाई अनावश्यक दुख दिन नगरपालिकालाई प्रयोग गरिरहेको आरोप लगाए ।

    नेमकिपा नेतृत्वको भक्तपुर नगरपालिकाले नगर क्षेत्र भित्र आफ्नो पार्टीका मान्छे बाहेक अरुलाई नक्सा पास पनि नगर्ने गरेको जिकिर गर्दै सांसद बस्नेतले बिभिन्न बहानामा नगरपालिकाले फरक आस्था राख्नेहरुलाई दुख दिने गरेको दावी गरे ।

    ”भक्तपुरलाई जेमा पनि कर उठाउन परेको हुन्छ । कर नपाउने भएपछि दैलेख देखि आएका राउटेलाई पनि उनका सामान भक्तपुरमा प्रदर्शन गर्न दिइएन । भक्तपुर नगरपालिकालाई राउटेको पनि कर चाहिएको छ ।” सांसद बस्नेतले भने ।

    नगरपालिकाको बिकासनिर्माणका काम कसरी हुन्छ भन्ने अरुलाई थाहाँ नै नहुने भन्दै सांसद बस्नेतले २ अर्वको वार्षिक बजेट भएको भक्तपुरले सोहि अनुपातमा बिकाशनिर्माणको काम नगरेको बताए । ” फरक आस्था राख्नेलाई काम नदिने, अमानतमा काम गराउने परिपाटी अब बन्द गराउनुपर्छ ।” उनले भने ।

    आफूले भक्तपुर जिल्लाकै बिकाश र समृद्धिको पहल गरेको भन्दै सांसद बस्नेतले भक्तपुर नगरपालिकाले विभिन्न वहानामा विकासका काम रोक्ने प्रयास गरेको समेत बताए । अधिकांस समय भक्तपुर नगरपालिकाप्रति असन्तुष्टी व्यक्त गर्दै आक्रामक अभिव्यक्ति दिएका सांसद बस्नेतले योयो युनिटीले भक्तपुर नगरपालिकाको विभेद र अनावस्यक बिरोधका विरुद्ध ससक्त प्रतिकार गर्नुपर्ने समेत सुझाव दिए ।

    व्यवसायीबाट राजनीतिकर्मी बन्न खोजेका रोमन शिलाकारको प्रशंसा गर्दै सांसद बस्नेतले शिलाकार नेमकिपासंग लडेर अघि बढिरहेको र भक्तपुरका सबै युवाले उनको बाटो पछ्याउनुपर्ने धारणा व्यक्त गरेका थिए ।

    उक्त अवसरमा संसद बस्नेतले आफूले धेरै बिकाश निर्माणका काम सम्पन्न गरिसकेको बताउदै भक्तपुरमा ५ हजार क्षमता भएको कभर्डहल, ५० हजार क्षमाता भएको अन्तर्राष्ट्रिय स्तरको रंगशाला पनि बनेरै छोड्ने जिकिर गरे । सुरुङ मार्ग निर्माण गरी ट्राफिक व्यवस्थान गर्ने योजनाको खुलासा गर्दै उनले हनुमन्ते करिडोर बनाएर बैकल्पिक सडकको रुपमा विस्तार गरिने समेत बताए ।

    उक्त अवसरमा चाँगुनारायण नगरपालिकाका मेयर समेत रहेका नेकपाका केन्द्रीय सदस्य सोम मिश्र लगायतका बक्ताहरुले नेमकिपाका कारण भक्तपुर नगरपालिकामा लोकतन्त्र नआएको बताएका थिए । कार्यक्रममा प्रदेश सांसद प्रतिमा श्रेष्ठ र शशिजंग थापा, सूर्यबिनायककी उपप्रमुख जुना बस्नेत,वडा नं ८ का वडा अध्यक्ष किरण थापा त्यसैगरी नेकपा जिल्ला अध्यक्ष बचन देउजा लगायत अतिथिको रुपमा उपस्थित भएका थिए ।

    भक्तपुरका युवा तथा व्यवसायीहरुको संलग्नता देखिएको योयो युनिटीले उक्त अवसरमा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो । योयोका अध्यक्ष रुपेश शिलाकारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन निशा पन्थीले गरेकी थिइन् ।

    उक्त अवसरमा सांगीतिक प्रस्तुती समेत गरिएको थियो । भक्तपुरका गायक कपिल कस्पाल र निवर्तमान मिस भक्तपुर रोसिका देउजाले संचालन गरेको सांगीतिक कार्यक्रममा उनीहरुका अलावा अजर जङम, बसन्त सापकोटा, अन्जिला रेग्मी, रोजि श्रेष्ठ, रोशन धौभडेल, एन्जेला श्रेष्ठ, भुपेन्द्र महत, श्रीजल मधिकर्मी, अधिश्री कसपाल, सर्वश्री कसपाल, अजय लामा लगायतले आ-आफ्नो प्रस्तुती प्रदर्शन गरेका थिए । प्रस्तुत सांगीतिक कार्यक्रमको संयोजन गायक कपिल कस्पालको रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...