News Portal

  • ‘लिगलिगे दौड प्रतियोगिता’ जितेपछि अनिषले पहिरिए श्रीपेच

    गोरखा, १६ असोज
    १७९९ पटक
    गोरखा, १६ असोज

    दौडेरै राजा बन्ने परम्पराको स्मरण गर्दै विगत १ दशकदेखि शुरु भएको ‘लिगलिगे दौड प्रतियोगिता’को यस वर्षको उपाधि जित्दै अनिष थापामगर राजा घोषित भएका छन् । दसौं लिगलिगे दौड प्रतियोगिता ‘२०७६’ को उपाधि पर्वतका अनिष थापामगरले जितेका हुन्।

    बिहीवार गोरखाको पालुङटारमा भएको प्रतियोगितामा निर्धारित थापामगरले चौथोपटक सो उपाधि हात पारेका हुन् । करीव १४ किलोमिटर दूरी उनले ५७ मिनेट ५५ सेकेन्डमा पूरा गरेका थिए । भारतीय सेनामा कार्यरत थापामगर उपाधि जितेसँगै एक दिनका लागि लिगलिगे राजासमेत घोषित भएका हुन् ।

    उनलाई आज बिशेष समारोहमा श्रीपेच पहिराइएको थियो । श्रीपेच संगै उनलाई ६० हजार नगद, ट्रफी र मेडल प्रदान गरिएको थियो ।

    थापा मगर एक वर्षका लागि पालुङटार नगरपालिकाको सद्भावना दूत समेत घोषित भएका पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेलले भक्तपुर पोस्टलाई जानकारी दिए । पालुङटारको प्रचार प्रसारमा यो प्रतियोगिताको एतिहासिक महत्व रहेको कँडेलको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...