News Portal

  • खेलकुद प्रतियोगितामा बिजेता भएका भक्तपुरका प्रहरीलाई पुरस्कार प्रदान

    भक्तपुर, १६ असोज
    २१९२ पटक
    भक्तपुर, १६ असोज

    महानगरीय प्रहरी परिसर भक्तपुरले खेलकुद प्रतियोगिताका बिजेता प्रहरीलाई पुरस्कार वितरण गरेको छ । विहीवार एक विशेष कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको हो ।

    ६४ औं प्रहरी दिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगिताका बिजेताहरुलाई बिहीवार परिसरमा आयोजित एक कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो ।

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुखसमेत रहेका प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछाने लगायत अतिथिको रुपमा उपस्थित रहेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि थापा क्षेत्रीले पुरस्कार बिजेता भक्तपुरका एक दर्जन बढी प्रहरीलाई शिल्ड, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरेका थिए । उक्त अवसरमा उपस्थित भक्तपुर प्रहरीलाई निर्देशन दिंदै प्रहरी नायव महानिरीक्षक क्षेत्रीले प्रहरी भएपछि नागरीकको शान्ति सुरक्षाको लागि हमेसा लाग्नुपर्नेमा जोड दिए । दशैंको अवसरमा हुनसक्ने चोरी, लूटपाट र दुर्घटना रोक्न प्रहरी चनाखो हुनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा उनले आवश्यक नीति निर्देशन पनि दिएका थिए ।

    कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानको नेतृत्वमा परिसरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेल, ठिमी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोईराला र जगातीका प्रमुख प्रहरी नायव उपरीक्षक चक्रराज जोशी लगायत सिनियर प्रहरी अधिकृत र सकल दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको मनानगरीय प्रहरी परिसरले जनाएको छ ।

    उक्त अवसरमा नजिकिदै गरेको नेपालीहरुको महान चाड विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना समेत आदान प्रदान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...