News Portal

  • भक्तपुरमा मजदुरी गर्ने युवकलाई नक्कली भान्जा बनाएर मृगौला झिकेपछि डाक्टरसहित ५ पक्राउ

    भक्तपुर, ३० असोज
    १९५७ पटक
    भक्तपुर, ३० असोज

    मृगौला झिकेर बेच्ने कार्यमा अस्पतालकै संलग्नता भेटिएको छ । ललितपुरको पुल्चोकमा रहेको निदान अस्पतालले यस्तो काम गरेको भेटिएको हो ।

    अस्पतालले एक व्यक्तिको मृगौला झिकेर अर्कै व्यक्तिलाई बेचेको खुलेपछि प्रहरीले उक्त अस्पतालका (प्रमुख कार्यकारी अधिकृत) सीइओसहित पाँच जनालाई पक्राउ गरेको छ । साथै प्रहरीले मृगौला किन्ने व्यक्तिलाई पनि पक्राउ गरेको छ ।

    बुधवार प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पत्रकार सम्मेलन गरी मृगौला बेचबिखनमा संलग्नलाई पक्राउ गरिएको जनाएको हो । प्रहरीले अस्पतालका सीईओ विपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले पक्राउ गरेको हो ।

    ब्युरोका अनुसार काभ्रे स्थायी घर भई हाल भक्तपुर बस्ने एक युवकलाई प्रलोभनमा पारी झुक्याएर मृगौला झिकिएपछि उनीहरु पक्राउ परेका हुन् । भक्तपुरको एक गलैँचा कारखानामा काम गर्ने ती युवकलाई ३ लाख रुपैया दिएर नक्कली भान्जा बनाइ मृगौला झिकिएको तथ्य बाहिर आएको छ । सानै उमेरमा भक्तपुर पसेका पिडित युवक इटाभट्टा, होटल, बसकाे सहचालक हुँदै गलैचा मजदुरकोरुपमा भक्तपुरमा मजदुरी गर्दै आएका छन् । उनको गरिबीको फाइदा उठाई आर्थिक प्रलोभनमा पारी मृगौला झिकिएको बताइएको छ । प्रचलित कानुनले पैसा लिएर मृगौला लिनदिन नपाइँने व्यवस्था गरेको छ ।ब्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाले घटनामाथि थप अनुसन्धान भैरहेको भनेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...