News Portal

  • सल्लाघारीमा २८ वर्षिया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय युवक जेल चलान

    भक्तपुर, ३० असोज
    २२०० पटक
    भक्तपुर, ३० असोज

    भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारीस्थित जंगलमा एक युवतीलाई जबरजस्ती करणी गरेकाे आरोपमा १९ वर्षीय युवक जेल चलान भएका छन् भने उक्त अपराधमा संलग्न भएका भनिएका अर्का अभियुक्त नाबालक भएकोले अदालतले उनलाई अभिभावकको जिम्मा लागाई तारिखमा छोडिदिएको छ ।

    जबरजस्ती करणी मुद्धामा सुनुवाई गर्दै बुधवार भक्तपुर जिल्ला अदालतले उक्त आदेश दिएको हो । जिल्ला अदालतको आदेशानुसार जेल चलान हुनेमा सूर्यविनायक नगरपालिका- ७ किवाचोकका १९ वर्षीय सन्तोष माकाजु रहेका छन् । माकाजुलाई पुर्पक्षको लागी थुनामा राख्न अदालतले आदेश दिएपछि डिल्लीबजार कारागार पठाईएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारीसमेत रहेका डीएसपी रेवतीरमण पोखरेलले बताए । अर्का व्यक्ति नाबालक भएकोले अभिभावकको जिम्मा लगाई तारेखमा छोडिएको छ ।

    यसै महिनाको ३ गते राती अन्दाजी साढे आठ बजेको समयमा उनीहरु २८ बर्षिय युवतीलाई जबरजस्ती करणी गरी फरार भएका थिए । अपरिचित युवकहरुले जबरजस्ती करणी गरी फरार भएपछी पीडित प्रहरी कार्यालय पुगेकी थिइन् । अभियुक्तहरुको खोजतलास गर्ने क्रममा सीसी क्यामेरामा देखिएको हुलियाको आधारमा पहिचान गरी असोज ४ मै प्रहरीले उनीहरुलाई पक्राउ गरी जबरजस्ती करणी मुद्धामा म्याद थप गरेर अनुसन्धान शुरु गरेको थियो ।

    अनुसन्धान सम्पन्न गरी भक्तपुर जिल्ला अदालतमा प्रहरीले मुद्दा पेश गरेपछि अदालतको आदेश अनुसार बुधवार माकाजु जेल चलान भएका हुन् । पीडित महिलालाई संरक्षणको लागी संरक्षण गृहमा राखिएको महानगरीय प्रहरी परिसरका डीएसपी रेवतीरमण पोखरेलले जनाएका छन् । मुद्दाको अन्तिम फैसला भने हुन बाँकी छ ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...