News Portal

  • बंगलादेशका राष्ट्रपति हमिदद्वारा भक्तपुरको अवलोकन भ्रमण

    भक्तपुर, २६ कार्तिक
    २०५५ पटक
    भक्तपुर, २६ कार्तिक

    बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले भक्तपुर नगरको अवलोकन भ्रमण गरेका छन् । नेपालको चारदिने औपचारिक भ्रमणमा आएका राष्ट्रपति हमिदले मंगलबार भक्तपुरको अवलोकन भ्रमण गरेका हुन् ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको टोलीले राष्ट्रपति हमिदको नेतृत्वमा रहेको ५२ सदस्यीय विशिष्ट टोलीलाई स्वागत गर्दै भक्तपुर दरबार क्षेत्रमा अवस्थित सांस्कृतिक र पुरातात्विक महत्व बोकेका सम्पदाहरुको अवलोकन भ्रमण गराएका थिए ।

    उक्त अवसरमा भक्तपुरका सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक सम्पदाहरुको राष्ट्रपति हमिदले अभिरुचीपूर्वक अवलोकन गरेका थिए भने भक्तपुर नगरपालिकाले उनको सम्मानमा आयोजना गरेको माक प्याखं र देवी प्याखं (नाच)को पनि उनले अत्यन्त रुचीपूर्वक अवलोकन गरेका थिए ।

    उक्त क्रममा राष्ट्रपति हमिदले देवी प्याखंमा भएको शेरसिंह बंगलादेशको एउटा सांस्कृतिक नाचसँग समानता भएको विषयबारे बताए । त्यसैगरी आज कात्तिकको पूर्णिमाको दिन परेकोले स्थानीय दाफा भजनले प्रदर्शन गरेको अन्नको चित्रकला पनि उनले अत्यन्त रुचिपूर्वक अवलोकन गरे ।

    राष्ट्रपति हमिदले भक्तपुरको आर्थिक गतिविधि, पर्यटन, हस्तकला, परम्परागत कृषि पेशालगायतका विषयमा जिज्ञासा राख्दै विश्व सम्पदामा सूचीकृत सम्पदाहरुको मौलिक विशेषता र यसमा प्राकृतिक विपत्तिले पारेको प्रभावबारे जानकारी लिएका  भक्तपुर नगरपालिकाकी प्रेस संयोजक कीर्तिका प्रजापतिले बताइन ।

    उक्त अवसरमा राष्ट्रपति हमिदले राष्ट्रिय कला संग्रहालय, स्वर्ण ढोका, पच्पन्न झ्याले दरबार, सिद्धिलक्ष्मी मन्दिर, यक्षेश्वर महादेव मन्दिर, बहताल हुँदै टौमढी क्षेत्रको पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको स्थलगत अवलोकन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...