News Portal

  • नगरकोटको डाडाँमा मात्र होइन, चुनावको परिणाममा पनि सूर्य पहिलो हुने डीपीको दावी

    भक्तपुर, २७ कात्तिक
    १३९८ पटक
    भक्तपुर, २७ कात्तिक

    मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा भक्तपुर १(१) मा नेकपाका तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार डीपी ढकालले भक्तपुरमा नेकपालाई कुनै तागतले पराजित गर्न नसक्ने दावी गरेका छन् । आफ्नो क्षेत्र नेकपाको लालकिल्ला भएको भन्दै उनले उक्त दावी गरेका हुन् ।

    वुधवार कमलविनायकमा पार्टीका विद्यार्थी तथा युवा संगठनद्वारा आयोजित सभालाई सम्बोधन गर्दै नेकपाका जिल्ला सचिव समेत रहेका उम्मेदवार ढकालले नगरकोटको डाडामा मात्र होइन चुनावको परिणाममा पनि सूर्य पहिलो बन्ने बताए । उनले संगठनको ससक्तता र युवा विद्यार्थीहरुको सक्रियताका कारण भक्तपुरमा नेकपा अपराजित भएको भनेका थिए ।

    नगरकोटमा सधै पहिले घाम उदाए जस्तै यस क्षेत्रबाट पनि सधै सूर्य पहिलो हुने उद्घोष गर्दै उनले नेकपालाई पैसाको बलमा जित्न सकिन्छ भन्ने सपना नदेख्न प्रतिस्पर्धी दलका उम्मेदवारलाई चेतावनी समेत दिएका थिए । उक्त अवसरमा उनले नेकपाको जितबाट आत्तिएर नेपाली काँग्रेसका उम्मेदवारले खाम बाढ्न शुरु गरेको जिकिर गरेका थिए ।

    यस अघि निर्वाचित हरिशरण लामिछानेले माथि उठाएको सूर्य ध्वजा अझ उचाइमा फहराउने भन्दै उनले कार्यक्रममा युवा तथा विद्यार्थीलाई आवश्यक निर्देशन दिएका स्वयंसेवक परिचालन कमिटीका संयोजक दिनेश थपलियाले जानकारी दिए ।

    कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज दिलिप प्रजापति, सहइन्चार्ज एवं केन्द्रीय सदस्य सोम मिश्र, पार्टी केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेत, केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघका अध्यक्ष दीपशिखा पार्टी जिल्ला अध्यक्ष बचन देउजा त्यसैगरी नेकपाका नेताहरु देवेन्द्र श्रेष्ठ, रमेश मल्ल, ऐन महर, रञ्जित तामाङ लगायतले नेकपाका युवा तथा विद्यार्थीलाई आवश्यक निर्देशन र उत्प्रेरणा प्रदान गरेका थपलियाले बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...