News Portal

  • उम्मेदवार भँडेललाई मातृ शोक

    भक्तपुर, १ मङ्सिर
    १५४७ पटक
    भक्तपुर, १ मङ्सिर

    उपनिर्वाचनमा भक्तपुर क्षेत्र नम्वर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ बाट प्रदेश सभा सदस्यका लागि नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका कृष्णलाल भँडेललाई मातृ शोक परेको छ । उनकी ममतामयी माता सेतीमाया भँडेलको उपचारको क्रममा आइतवार विहान निधन भएको हो । उनी उक्त रक्तचापको बिरामी थिइन् ।

    उम्मेदवार भँडेलकी ८४ वर्षिया आमा सेतीमाया भँडेलको उपचारको क्रममा ठिमीस्थित मध्यपुर अस्पतालमा आइतवार विहान निधन भएपछि बिहानै उनको अन्तिम सस्कार समेत सम्पन्न भएको पारिवारिक श्रोतले जनाएको छ । भँडेल सेतीमायाका एक्ला छोरा हुन् ।

    स्वर्गीय सेतीमायालाई श्रद्धान्जली दिन नेपाली काँग्रेसका पार्टी सभापति शेर बहादुर देउवा, नेता प्रकाश शरण महत, गगन थापा लगायत ठूलो संख्यामा जिल्लाका नेता कार्यकर्ता, आफन्त र शुभचिन्तक पशुपतिस्थित आर्यघाट पुगेका थिए । सभापति देउवाले पार्टीका तर्फबाट स्वर्गीय सेतीमाया प्रति हार्दी श्रद्धान्जली र नेता कृष्णलाल लगायत शोकाकूल सबैमा समवेदना प्रकट गरेका छन् ।

    उम्मेदवारकै आमाको निधन भएपछी काँग्रेसको चुनावी अभियानमा समेत असर परेको छ । भक्तपुरमा चुनावी कार्यक्रम हाललाई स्थगित गरिएको छ । भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले शोकलाई शक्तिमा बदल्नुको बिकल्प नभएको भन्दै चुनावी अभियानलाई छिट्टै निरन्तरता दिइने बताएका छन ।

    प्रतिकृया दिनुहोस्

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...