News Portal

  • राप्रपाको विद्यार्थी संगठनबाट भक्तपुर अध्यक्षकै नेतृत्वमा विद्यार्थीहरु नेकपा प्रवेश

    भक्तपुर, ९ मङ्सिर
    १५०३ पटक
    भक्तपुर, ९ मङ्सिर

    राप्रपा नेपाल निकट विद्यार्थी संगठनको भक्तपुर जिल्ला कमिटी अध्यक्ष नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

    सोमवार राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन भक्तपुर जिल्ला कमिटी अध्यक्ष प्रतिक लामिछानेको नेतृत्वमा कमिटीका पदाधिकारी एवं सदस्यहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा )प्रवेश गरेका हुन् ।

    उक्त विद्यार्थी संगठनका जिल्ला कमिटी प्रवक्ता सन्दिप गिरी, जिल्ला कमिटी सदस्यहरु आशिष लामिछाने, स्वरुप काफ्ले, पुजन लामिछाने, सौरभ ढुंगाना, बिबश गिरी, रोशन बस्ताकोटी, अस्मित खडका र मणिराज गिरी लगायत युवाहरु नेकपामा प्रबेश गरेका छन् ।

    नेकपाका केन्द्रीय सदस्यसमेत रहेका भक्तपुर जिल्ला सहइन्चार्ज एवं चाँगुनारायण नगरपालिका प्रमुख सोम मिश्र त्यसैगरी पार्टीका जिल्ला कमिटी सचिव समेत रहेका उम्मेदवार डीपी ढकाल लगायतले नव प्रवेशी विद्यार्थी नेताहरुलाई स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।

    शनिवार मङ्सिर १४ मा हुने उपनिर्वाचन क्षेत्रबाट ३० इञ्जिनियरसहित ४ सय बढी युवाहरु एकसाथ नेकपा प्रवेश गरेका थिए । उनीहरुलाई नेकपाका केन्द्रीय सदस्य एवं राष्टिय युवा संघ नेपालका इन्चार्ज समेत रहेका सांसद महेश बस्नेत र सहइन्चार्ज एवं संयोजक रामप्रसाद सापकोटा दीपशिखाको पहलमा पार्टी प्रवेश गराइएको थियो ।

    सोमबार राप्रपा नेपालका जिल्ला अध्यक्षको नेतृत्वमा सोही निर्वाचन क्षेत्रका विद्यार्थीहरु नेकपा प्रवेश गरेपछि नेकपाको चुनावी माहोल युवामय बनेको छ । विद्यार्थी राजनीतिबाट आएका ३८ वर्षे ससक्त युवा उम्मेदवार भएकाले नेकपामा युवाहरु आकर्षित भएका नेकपा भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजा बताउछन ।

    आगामी मंसिर १४ गते भक्तपुर क्षेत्र नं. १ प्रदेश (क) मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनको संघारमा विभिन्न पार्टीमा सक्रिय रहेका व्यक्तिहरु पार्टी परित्याग गरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नेहरुको लहर नै चलेको भन्दै अध्यक्ष देउजाले नेकपाका उम्मेदवार ढकाल अत्याधिक बहुमतका साथ विजयी हुने निश्चित भएको दावी गरे ।

    गत आम निर्वाचनमा यस क्षेत्र बाट तत्कालिन नेकपा (एमाले) का उम्मेदवार हरिशरण लामिछाने प्रदेश सभा सदस्यको पदमा बिजयी भएका थिए । गत वर्ष ह्दयाघातका कारण उनको असमायिक निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...