News Portal

  • सागको उद्घाटन सम्पन्न

    भक्तपुर,१६ मङ्सिर
    ३६५ पटक
    भक्तपुर,१६ मङ्सिर

    काठमाडौंस्थित दशरथ रंगशालमा १३औँ दक्षिण एसियाली क्षेत्रीय खेलकुद (साग)को भव्य उद्घाटन गरिएको छ। भव्य समारोहका बीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छिन्।

    साँझ ५ बजेदेखि सुरु भएको समारोहलाई राष्ट्रपतिले उद्घाटनको घोषणा गरेसँगै आतशबाजी र पटका पड्काएर थप आकर्षक र मनोरञ्जनात्मक तुल्याइएको थियो।

    समारोहमा लाखे नृत्य र सागको मस्कट प्रस्तुत गरिएको छ। समारोहमा सात हजार ५०० को संख्या रहेका कलाकारले नेपालका साथै सदस्य मुलुकको मौलिक संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन्।

    समारोहमा कला एवं सांस्कृतिक कार्यक्रमको माध्यमबाट नेपालको नक्साको आकारसहितको राष्ट्रिय झण्डाको आकृति बनाइएको थियो। मुलुकका सातै प्रदेश पुर्या‍एर ल्याइएको सागको ज्योति समारोहमा प्रवेश गराइएको थियो।

    प्रतिकृया दिनुहोस्

    सभामुखको पहलपछि सरकारी तलब भत्ता सरकारी बैंकबाट

    अब सांसदले तलबभत्ता सरकारी बैंकबाट पाउने भएका छन् । संसद सचिवालयले केही महिनायता पहल गरेर...

    नर्वे सेनामा नेपाली युवाको प्रवेश

    नेपालका ८ युवा नर्वे सेनामा भर्ती भएका छन् । नर्वे सेनामा नेपाली युवाको प्रवेश यो...

    पत्रकार मोहन बल्ललाई मातृशोक

    नेपाल पत्रकार महासंघ, भक्तपुरका निवर्तमान कोषाध्यक्ष एवं श्रमजिवी पत्रकार मोहन बल्ललाई मातृशोक परेको छ ।...

    मुआब्जा र क्षतिपूर्ति न्यायोचित तवरले उपलव्ध गराउन मन्त्री भुसालको निर्देशन

    उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवस्यक पर्ने जग्गा अधिग्रहण...

    शिरमा देश र मनमा मधेश : प्रदेश प्रमुख अहिराजका १२ काम

    rajesh ahiraj

    प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले शिरमा देश र मनमा मधेश राखेर काम गरिरहेको...