News Portal

  • कराँतेद्वारा नेपालले पायो पहिलो स्वर्ण

    भक्तपुर, १६ मङ्सिर
    ४३८ पटक
    भक्तपुर, १६ मङ्सिर

    हिजो देखि सुरु भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो स्वर्ण हात पारेको छ ।

    स्वर्ण हात पार्नेमा कराँतेका मण्डेकाजी श्रेष्ठ रहेका छन् । उनले सातदोबाटोस्थित कराते हलबाट पुरूष एकल कातामा स्वर्ण जितेका हुन् ।

    खेलमा उनले पाकिस्तानी खेलाडी निएमातुलिएहलाई पराजित गरेका हुन् । मण्डेकाजीले ०.८ अंकले पाकिस्तानी खेलाडीलाई हराएका हुन् । मण्डेकाजीले २५.७२ अंक र पाकिस्तानी खेलाडी २४.९२ अंक ल्याएका थिए ।

    महिलातर्फ कराँतेको व्यक्तिगत कातामा नेपाली चेली चञ्चला दनुवारले रजत पदक जितेकी थिइन्। खेलको प्रतिस्पर्धामा चन्चला फाइनलमा पाकिस्तानकी साहीदासँग पराजित भएकी थिई । यसरी खेलको पहिलो दिननै नेपालले कराँतेद्वारा एक स्वर्ण र रजत हात पार्न सफल भएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार

    banijya bank kamalbinayak

    भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार भएको छ । मंगलबार एक कार्यक्रमकाबीच उक्त शाखाको...

    नेपाली कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा प्यानलसहित दोहोरिए

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुरमा भएको जिल्ला अधिवेशनबाट दुर्लभ थापाको नेतृत्वमा नयाँ कार्यसमिति...

    एमाले महाधिवेशनमा सहमति जुटेन, नेतृत्वका लागि निर्वाचन तालिका सार्वजनिक

    सौराहा, १२ मंसिर । केन्द्रीय निर्वाचन आयोगले नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचनको कार्यक्रमको...

    भक्तपुरबाट कांग्रेसको पहिलो मन्त्री दिलाउन सफल सभापति थापा पुन: दोहोरिने दावी,सोमबार चुनाव

    पार्टीको आन्तरिक प्रतिस्पर्धामा पोख्त नेपाली कांग्रेसको अधिवेशनले भक्तपुरमा चुनावी माहौल सृजना गरेको छ । नेपाली...

    भक्तपुरमा माओवादी केन्द्रको नगर सम्मेलन सम्पन्न

    भक्तपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)को दोश्रो सम्मेलन सम्पन्न भएको छ । शनिवार सल्लघारीमा सम्मेलन सम्पन्न...