News Portal

  • मेस्सीले छैटौं पटक जिते बालोन डी’ओर अवार्ड

    १३२२ पटक

    अर्जेन्टिनाका चर्चित फुटबलर लियाेनल मेस्सीले यस वर्षकाे बालोन डी’ओर अवार्ड जितेका छन् । विश्व फुटबलकाे सबैभन्दा ठूलाे उपाधिका रुपमा रहेकाे बालोन डी’ओर मेस्सीले छैटाै पटक जितेका हुन् ।

    बार्सिलोनाका फरवार्ड मेस्सीले सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै कीर्तिमानी छैटौं पटक बालाेन डी’ओर जितेका हुन् । मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

    मेस्सी ६ पटक बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी हुन् । मेस्सीले यस अघि सन् २००९, १०, ११, १२ र २०१५ मा पनि याे अवार्ड जितेका थिए । मेस्सीपछि रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् ।

    फ्रान्सको पेरिसमा आयोजित विशेष कार्यक्रममा मेस्सीलाई अवार्ड प्रदान गरिएको थियो । महिला तर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनीले जितिन् । लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपर अवार्ड जिते ।

    विश्वभरका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरुको मतको आधारमा यस अवार्ड प्रदान गरिन्छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...