News Portal

  • रशु पन्तले जितिन् ‘किड क्विन नेपाल–२०१९’ को उपाधि

    भक्तपुर, २२ मङ्सिर
    ९३९ पटक
    भक्तपुर, २२ मङ्सिर

    रशु पन्तले ‘किड क्विन नेपाल–२०१९’ को उपाधि जितेकी छिन् ।

    नेप्लीज फेसन होमले आयोजना गरेको उक्त प्रतियोगिता राष्ट्रिय नाचघरमा सम्पन्न भएको हो । २१ जना प्रतियोगिहरुले भाग लिएको उक्त प्रतियोगितामा रशुले नगद १० हजार रुपैयाँ राशीको उक्त उपाधि जितेकी हुन् ।

    उक्त प्रतियोगितामा रोशिका लामाले फस्ट रनर्सअपको उपाधि जितिन् भने कृष्मा ढुंगनाले सेकेन्ड रनर्सअपको उपाधि जित्न सफल भइन् । समारोहमा सोसियल वेलफेयरको उपाधि सान्भी बानियाँले, मिस ट्यालेन्टको उपाधि सुप्रिया बिष्टले, मिस फ्रेन्डसिपको उपाधि निशा बिकले, मिस स्माईलको उपाधि स्नेहा रजकले, मिस पर्सनालिटीको उपाधि रितिका थापाले, मिस क्याटवाकको उपाधि मनिषा राईले, मिस कल्चरको उपाधि प्रकृना प्रधानाङ्गले जित्न सफल भए ।

    फेशन होमकी अध्यक्ष हेमा मानन्धरले बालिकाहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकाशका लागि आफुहरुले हरेक वर्ष काठमाडौं उपत्यकाका विभिन्न विधालयका बालिका तथा किशोरीहरुबीच यो प्रतियोगिता आयोजना गर्दै आएको बताईन् ।

    सञ्चारकर्मी रोजिन शाक्यद्वारा सञ्चालित उक्त प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाको निर्णायकमा सञ्चारकर्मीद्वय कृष्ण भट्टराई तथा डब्बु क्षत्री, मार्शलआर्टका गुरु अशोक कुमार श्रेष्ठ, नेपाल एयरलाईन्स कर्पोरेशनका अच्युतराज पहाडी, गायिका लसता जोशी, मेकअप आर्टिस्ट मञ्ज कार्की पाण्डे तथा व्यवसायी रोशन सायमी थिए । समाचारदैनिकको खबर

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...