News Portal

  • प्राधिकरणका कारण बैंकको खरबौं लगानी जोखिममा

    भक्तपुर, २९ मङ्सिर
    ९७० पटक
    भक्तपुर, २९ मङ्सिर

    बैंकहरुले हाइड्रोपावर क्षेत्रमा गरेको लगानी जोखिममा परेको छ ।

    नेपाल विद्युत प्राधिकरणका कारण बैंकको लगानी ठुलो जोखिममा परको हो । ठुलो लगानी जोखिममा पर्ने अवास्था आएको भन्दै बैंकहरुले नै राष्ट्र बैंकमा गुनासो गर्न थालेका छन् ।

    वाणिज्य बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा उर्जा तथा पर्यटनमा १५ प्रतिशत अनिवार्य लगानी गर्नु पर्ने राष्ट्र बैंकको नीतिका कारण पछिल्लो समय उर्जामा लगानी बढ्दै गएको हो ।

    वाणिज्य बैंकहरुले हाइड्रोपावरमा १ खर्ब ३० अर्ब ३० कराेड भन्दामाथि लगानी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । साथै नागरिक लगानी काेष, कर्मचारी संचय काेष, र साधारण शेयर मार्फत सर्वसाधारण नागरिकले पनि जलविद्युत क्षेत्रमा अर्बाै रूपैयाँ लगानी गरेका छन् ।

    नेपाल विद्युत प्राधिकरणले सम्झौता गरे अनुसार काम नगर्दा जलविद्युत कम्पनीहरुले उत्पादन गरेको विजुली खेर जाने अवस्थाले गर्दा बैंकहरुको लगानी जोखिममा पर्न थालेको गुनासो छ । प्राधिकरणले ट्रान्समिसन लाइन नबनाईदिंदा उत्पादन खेर गईरहेको हो । नेपाल राष्ट्र बैंकका प्रबक्ता लक्ष्मी प्रपन्न निरौलाले आर्थिक सम्बृद्धि र विकासको मेरुदण्डको रुपमा रहेका जलविद्युत क्षेत्रमा समस्या आउँन नहुने बताए ।

    प्रतिकृया दिनुहोस्

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...