News Portal

  • सीटीईभीटीका महाशाखा प्रमुखहरुको कार्य सम्पादन संझौता सम्पन्न

    भक्तपुर, ९ पुस
    १६०६ पटक
    भक्तपुर, ९ पुस

    प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) का महाशाखा प्रमुखहरुको कार्य सम्पादन संझौता सम्पन्न गरिएको छ । सीटीईभीटीका सदस्य सचिव डा पुष्परमण वाग्ले र महाशाखा प्रमुखहरु बीच छुट्टाछुट्टै कार्यसम्पादन संझौता सम्पन्न गरिएको हो ।

    बुधवार सदस्य सचिव डा. वाग्ले र महाशाखा प्रमुखहरुबीच कार्यसम्पादन संझौता भएको उपनिर्देशक रोहित दाहालले बताए । दाहालका अनुसार प्राविधिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक अकिम श्रेष्ठ, टेक्स महाशाखाका निर्देशक ईश्वरी भट्ट, परीक्षा नियन्त्रक दिपक पौडेल, पाठ्यक्रम बिकास महाशाखाका निर्देशक मिष्टरकान्त मैनाली, सूचना तथा अनुसन्धान महाशाखाका निर्देशक मणिराज भट्टराई र स्तर निर्धारण तथा सम्बन्धन महाशाखाका निर्देशक विनोद बडालसंग कार्य सम्पादन सम्झौता सम्पन्न गरिएको छ ।

    यस अघि मङ्सिर २४ गते मंगलबार सदस्य सचिव डा.वाग्लेले पोलिटेक्निक महाशाखाका निर्देशक बिनय मिश्र, सूचना तथा अनुसन्धान महाशाखाका निर्देशक मणिराज भट्टराई, राष्ट्रिय सीप परीक्षण समितिका निर्देशक टेक बहादुर मल्ल, प्राविधिक महाशाखाका निर्देशक अनोज भट्टराईसंग कार्यसम्पादन सम्झौता गरेका थिए । सीटीईभीटीका अध्यक्ष समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको निर्देशनलाई तत्काल कार्यान्वयन गर्दै सदस्य सचिव डा. वाग्लेले उनीहरुसंग तत्काल कार्यसम्पादन संझौता गरेका थिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरुको कामको मूल्यांकन गर्ने भन्दै उनीहरुसंग कार्यसम्पादन संझौता गरेपछि मन्त्रीले सचिव संग र सचिवले मातहतका कार्यालय प्रमुख र प्रमुखहरुले मातहतका शाखाप्रमुख हुँदै एवं रीतले कार्यसम्पादन संझौता गरी कार्यसम्पादनको मूल्यांकन गर्दै आइरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...