News Portal

  • साविकको टक्सार कार्यालयमा संग्रहालय स्थापना गर्ने योजना

    भक्तपुर, ११ पुस
    १५८७ पटक
    भक्तपुर, ११ पुस

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संग्रहालय बनाउने भएको छ । प्राधिकरणले ०७२ को भूकम्पका स्मृतिहरूलाई जोगाउने उद्देश्यले संग्रहालय बनाउन लागेको हो ।

    साविकको टक्सार कार्यालय (राष्ट्र बैंक) पुनर्निर्माण सम्पन्न भएलगतै त्यसको दुई तल्लामा संग्रहालय स्थापना गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ ।

    संग्रहालय निर्माणको लागि डिजाइनको काम सम्पन्न भइसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले जानकारी दिए । उनका अनुसार, यो संग्रहालय भूकम्पको त्रास भोग्नु नपरेको नयाँ र भावी पुस्ताका लागिसमेत एक पाठशाला हुनेगरी निर्माण गरिनेछ । भूकम्पपछिको अवस्था, उद्दार र राहतमा खटिएका दृश्य र प्रमाणहरू संग्रहालयमा रहनेछन् ।

    भूकम्पपछिको चार वर्षमा धेरै मानिसका लागि यसको त्रासदी अतित बनिसक्यो । संग्रहालयले भूकम्प जति बेला पनि आउन सक्छ, जस्तोसुकै विनाश निम्याउन सक्छ भनेर जनतालाई चनाखो बनाइराख्ने विश्वास पनि लिइएको छ ।

    संग्रहालयमा नेपालले भूकम्पपछि पुनर्निर्माणमा कसरी काम गर्‍यो भन्ने जानकारी दिनेगरी सामग्रीहरू राखिने भएको छ । संग्रहालयबाट बाहिर निस्किएपछि १२ वैशाख ०७२ को भूकम्प, त्यसको त्रास, त्यसबाट उत्रन गरिएको प्रयासबारे सम्पूर्ण जानकारी हुने सीईओ ज्ञवालीले बताए ।

    नेपालसँग १९९० सालको भूकम्प र यसले पारेको क्षतिबारे धेरै अभिलेख उपलब्ध छैनन् । त्यसपछिका साना–ठूला भूकम्पका अभिलेख पनि भेटिँदैनन् । ०७२ को भूकम्पको अभिलेख अभाव नहोस् भनी विभिन्न योजना अगाडि सारिएको प्राधिकरणले जनाएको छ । सोही योजना अनुसार इन्जिनियरिङ अध्ययन संस्थानमा अन्तर्राष्ट्रियस्तरको भूकम्प अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ ।

    संग्रहालय तथा अनुसन्धान केन्द्रको संस्थागत दिगोपनका लागि केन्द्रीय तहमा राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण, विभिन्न मन्त्रालय र स्थानीय तहमा स्थानीय समुदाय र स्थानीय सरकारहरूसँगको सहकार्यलाई जोड दिइने छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...