News Portal

  • पुलिसलाई हराउँदै आर्मी पुनः शीर्ष स्थानमा

    भक्तपुरपोष्ट संवाददाता१९ माघ २०७६
    ७४३ पटक
    १९ माघ २०७६

    काठमाडौं । नवयुग श्रेष्ठले दुई गोल गरेपछि त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा विभागीय डर्बी भिडन्तमा नेपाल पुलिसलाई पराजित गरेको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मीले पुनरागमन गर्दै पुलिसमाथि ४-२ को शानदार जीत हात पारेको हो । पुलिसले दुई पटक अग्रता लिएर पनि कायम राख्न सकेन ।जीतपछि आर्मी १० खेलबाट २३ अंक जोड्दै २४ घण्टापछि नै अंकतालिकामा शीर्ष स्थानमा फर्किएको छ ।

    जारी लिगमा २३ अंकसहित नेतृत्व गरिरहेको छ । आर्मीलाई १० खेलमा २२ अंक जोडेको मछिन्द्र क्लब पछ्याइ रहेको छ ।खेलमा पुलिसका लागि १९ औं मिनेटमा बुद्ध बल तामाङले गोल गर्दै टिमलाई सुरुवाती १-० को अग्रता दिलाएका थिए भने ३४ औं मिनेटमा आर्मीका सुमन अर्यालले गोल फर्काउँदै पहिलो हाफ १-१ गोल बराबरी सकिएको थियो ।

    तर, दोस्रो हाफमा पुलिसका मानबहादुर परियारले गोल गर्दै आर्मीलाई दबाबमा पार्न सफल भएका थिए । उनले खेलको ५८ औं मिनेटमा नीर कुमार राईको कर्नरमा गोल गरेका थिए ।पुलिससँग २-१ गोलले पछि रहेको आर्मीका लागि खेलको ७७ औं मिनेटमा विवेक बस्नेतको क्रसमा नवयुग श्रेष्ठले गोल गर्दै टीमलाई २-२ को बराबरी भएको थियो ।

    खेल २-२ को बराबरीमा रहँदा आर्मीका नवयुग श्रेष्ठले व्यक्तिगत दोस्रो तथा टीमका लागि उत्कृष्ट गोल गरेका थिए । नवयुगले खेलको ८५ औं मिनेटमा गोल गरेका हुन् ।

    यस्तै खेलको ८९ औं मिनेटमा आर्मीका सुदील राईले टीमका लागि चौथो गोल गरेका थिए ।यो सँगै नवयुगले जारी लिगमा व्यक्तिगत ६ गोल पूरा गरेका छन् । लिगमा नवयुग र च्यासल युवा क्लबका सन्तोष साहुखल सर्वाधिक गोलकर्ता बनेका छन् ।दुवै खेलाडीको ६ गोल गरेका छन् ।पराजित पुलिसको १० खेलमा १४ अंक रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...