News Portal

  • अपहरित बालिकाको सकुशल उद्धार : भक्तपुरमा बालिका अपहरण गर्ने सर्लाहीका थापा समातिए

    भक्तपुर पोस्ट भक्तपुर, १९ माघ
    २२५५ पटक
    भक्तपुर, १९ माघ

    भक्तपुर प्रहरीले अपहरणमा परेकी एक बालिकालाई सकुशल उद्धार गर्न सफल भएको छ । मध्यपुर थिमिको निकोसेरा स्थित आफ्नै विद्यालयबाट अपहरणमा परेकी ६ वर्षकी बालिकालाई प्रहरीले सकुशल उद्धार गर्न सफल भएको हो ।

    निकोसेरा स्थित एक निजी विद्यालयमा युकेजीमा पढ्ने एक छ वर्षकी बालिका आइतबार करिब १२ बजे अपहरणमा परेकी थिइन् । आफन्त भन्ने ठानेर विद्यालय प्रशासनले अपहरणकारीलाई बालिका सुम्पिदिएको थियो । बालिका अपहरणमा परेको तब थाहा भयो जब बालिकाको बाबुसंग १६ लाख फिरौती मागियो ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी दिपक गिरीले जनाए अनुसार १६ लाख फिरौती माग गरि बालिका अपहरण गरेको खबर प्राप्त हुनासाथ जिल्लामा व्यापक प्रहरी तैनाथ गरियो । महानगरीय अपराध महाशाखालाई पनि तत्काल खबर गरि संयुक्त प्रहरी टोलीले खोज्दै जाने क्रममा सूर्यविनायक -७ स्थित घ्याम्पेडाडामा बालिका सकुसल फेला पारिएको परिसरका डीएसपी गिरीले पुष्टि गरे ।

    डिएसपी गिरीका अनुसार बालिका अपहरणमा संलग्न एक अपहरणकारी पक्राउ समेत परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी -५ स्थायी घर भै मध्यपुर थिमी -६ बस्ने २० वर्षको आशिष थापा रहेका छन् ।

    उनी अपहरित बालिकाको नजिकको आफन्त रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ । अपहरणकारीमाथि थप अनुसन्धान भैरहेको भन्दै परिसरले विस्तृत विवरण पछि सार्वजनिक गर्ने बताएको छ ।

     

     

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...