News Portal

  • नेपाल घरेलु मैदानमा ओमानसँग पराजित

    भक्तपुरपोष्ट संवाददाता२२ माघ २०७६
    ९६५ पटक
    २२ माघ २०७६

    काठमाडौं । विश्वकप क्रिकेट लिग २ खेलमा ओमानले नेपाललाई १८ रनले पराजित भएको छ।टस हारेर ब्याटिङ गर्न उत्रिएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १ सय ९७ रन बनाएको थियो।

    ४६.५ ओभरमा १७९ रन जोड्दै नेपाली टोली अल आउट भएको थियो। नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए।ब्याटिङमा भने नेपालको सुरुवात राम्रो हुन सकेन। दोहोरो अङ्कको स्कोर नबनाउँदै २ विकेट गुमाएको नेपाल त्यसपछि भने केही स्थिर देखियो।

    कप्तान ज्ञानेन्द्र मल्लले १२ बलमा एक रन बनाए भने अनुभवी खेलाडी तथा पूर्वकप्तान पारस खड्काले तीन रन जोडेका थिए।नेपालका लागि सर्वाधिक ५५ रन शरद भेषावकरले जोडे। उनले १०८ बलको सामना गरेका थिए।

    भेषावकरलाई क्रिजमा दिपेन्द्र सिंह ऐरीले साथ दिएका थिए। ५७ बल खेलेका ऐरी पाँच चौका र एक छक्का प्रहार गर्दै ३६ रन जोड्न सफल भएका थिए।ओमानका लागि भने सर्वाधिक ६९ रन मोहम्मद नदिमले जोडे। ९६ बलको सामना गरेका उनले अविजित पारी खेले।

    त्यस्तै आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाली बलर सुसन भारीले तीन विकेट लिएका छन्।१० ओभर बलिङ गरेका उनले १४ रन दिएका थिए।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...