News Portal

  • मेस्सीले तत्काल बार्सिलोना नछाड्ने

    भक्तपुरपोष्ट संवाददाता२५ माघ २०७६
    ८४५ पटक
    २५ माघ २०७६

    एजेन्सी । बार्सिलोनाका स्टार लियोनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना नछाड्ने भएका छन । उनले फुटबलको करियर बार्साबाटै अन्त्य गर्ने बताएका छन् ।

    मेस्सीलाई प्रियिमर लिग क्लब जोड्ने सुझावलाई अस्विकार गर्दै ग्वार्डिओलाले मेस्सीले बार्सिलोनाबाटै फुटबल करियर अन्त्य गर्ने आफुले विश्वास लिएको बताएका छन ।३२ बर्षीय मेस्सीले करियरको अधिकांश समय बार्सिलोनामै बिताएका छन । उनलाई समर ट्रान्सफरमा क्लब छाड्ने अनुमती छ ।

    ग्वार्डिओलाले नाउ क्याम्पमा सन् २००८ देखि २०१२ सम्म मुख्य प्रशिक्षकको रुपमा बिताएका थिए । उनले बार्सिलोनाबाट तीन ला लिगा र दुई च्याम्पियन्स लिगको उपाधि समेत जिताएका थिए ।सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने ‘मेस्सी त्यही बस्नेछन् । मेरो पनि कामना त्यही छ ।’

    ग्वार्डिओलाले बार्सिलोनाको सर्वाधिक सफल प्रशिक्षकको रुपमा चिनिन्छन । उनले चार सिजनमा बार्सिलोनाबाट १४ उपाधि जिताएका थिए ।ग्वार्डिओलाले जर्मनमा समेत लगातार तीन लिग उपाधि जिताएका थिए । पछिल्ला दुई सिजन सिटीबाट प्रियिमर लिगको उपाधि जिताएका उनले चालू सिजनमा भने अपेक्षाकृत परिणाम दिलाउन सकेका छैनन ।

    प्रिमियर लिगमा लिभरपुलले २२ अंकको अग्रता लिएको छ । जवकी लिगमा अब १३ खेल मात्र बाँकी छ ।मेस्सीले ६ पटक बालेन डी ओरको उपाधि जितेका छन् । उनले १० लिग उपाधिसंगै चार च्याम्पिन्स लिगको उपाधि समेत उचालेका छन् । उनको क्लबसंगको सम्झौता सन् २०२१ सम्म मात्र रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...