२६ माघ २०७६भक्तपुर। नेपाल भ्रमण वर्ष मनाइरहँदा थाइल्याण्डबाट आएका भिक्षु तथा भिक्षुणीहरुको सहभागितामा आइतबार भक्तपुरमा धम्मयात्रा गरिएको छ।
भक्तपुर नगरपालिका ७ इनाचोस्थित मुनि बिहारबाट सुरु भएको यात्राले भक्तपुर नगर परिक्रमा गरेको थियो। बौद्धहरुको गुँला बाजासहितको धम्मयात्रा मुनि बिहारबाट गोल्मढी, सुकुलढोका, क्वाछें, टौमढी, गःहिटी, नासमना, वंशगोपाल हुँदै दूधपाटीमा समापन गरिएको थियो।
धम्मयात्रामा मुनि बिहारमा रहेका भिक्षु तथा भिक्षुणीसँगै भक्तपुरका बौद्ध धर्मावलम्बीहरुको सहभागिता रहेको थियो। मुनि बिहारमा बौद्ध धर्मसम्बन्धी प्रवज्या गर्न आएका थाइल्याण्डका भिक्षु तथा भिक्षुणी उक्त धम्मयात्रामा सहभागी भएका थिए। उनीहरु थाई इन्डोचाइना मैत्री संघको तर्फबाट भक्तपुरस्थित मुनि विहारमा आएको मुनि विहारका सहयोगी सुरेन्द्रराज शाक्यले जानकारी दिए।
चारुमती बुद्धिष्ट मिसन नेपाल र थाइ इन्डो चाइना फ्रेन्डसिप एसोसिएसनको संयुक्त आयोजनामा भएको त्रिपिटक वाचनले धार्मिक पर्यटन विकासमा सहयोग पुग्ने समारोहका संयोजक भिक्षु तपस्वी धम्मको विश्वास छ । पुरातात्विक र ऐतिहासिक अशोककालीन चारुमती स्तुपलाई विश्वसम्पदामा सूचीकृत गराउनुपर्ने उनको भनाइ छ ।
साथै, नेपालका मौलिक संम्पदा र धार्मिक पहिचान संरक्षणका लागिसमेत यस्ता अभियानले महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ ।सम्राट अशोकका छोरी चारुमतीले निर्माण गरेको करिब २३ सय वर्ष पुरानो यो स्तुपलाई नेपाल, भारत र श्रीलंकाबीचको प्राचीन सम्बन्धको सेतुसमेत मानिन्छ ।उनका अनुसार मुनि विहारमा बौद्ध धर्म अँगाल्ने तथा भिक्षु बनेका विद्यार्थीहरुलाई थाइल्याण्डमा उच्च शिक्षा अध्ययनको गर्ने व्यवस्थासमेत गर्दै आएको छ।