News Portal

  • भक्तपुर खरिपाटीका बासिन्दाको प्रश्न, ‘हावाले कोरोना भाइरस ल्यायो भने के गर्ने ?’

    भक्तपुरपोष्ट संवाददाता२८ माघ २०७६
    ११३४ पटक
    २८ माघ २०७६

    भक्तपुर । कोरोना भाइरसबाट अति प्रभावित चीनको हुबे प्रान्तबाट उद्धार गरी ल्याइने नेपालीहरूलाई काठमाण्डू उपत्यकाका विभिन्न चार स्थानमा ‘क्वारन्टीन’ मा राख्ने सरकारको योजना छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणस्थित तालिम केन्द्रसहित ती स्थानमा पूर्वाधार निर्माण तथा सरसफाइको काम भइरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

    तर खरिपाटीका स्थानीयवासीले सरकारले आफ्नो ठाउँमा “बिना जनचेतना” कोरोना भाइरसको प्रकोप भएको क्षेत्रबाट आएका मानिसलाई ल्याएर राख्न लागेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । चीनमा मानिसहरूको मृत्यु भइरहेको बाहेक कोरोनाभाइरसबाट कसरी जोगिने भन्ने आफूलाई थाहा नभएको उनीहरू बताउँछन् ।

    स्थानीयवासी भवानी काफ्ले भन्छिन् -‘चुप लागेर ल्याएर थन्क्याएको भए के ल्यायो, कहाँबाट ल्यायो, के रोग हो ?  हामीलाई थाहा हुँदैनथ्यो । यस्तो भयानक रोग फैलिदै छ, भनेर डर र त्रास फैलाइदिने अनि सर्दैन पनि भन्ने ?’घरकै छेउमा ल्याएर राखिदिएपछि बोल्दा पनि हावाले लाने उनको भनाइ छ ।

    आफुहरुलाई डर लागिरहेको उनले बताइन् ।

    स्थानीय चन्द्रलक्ष्मी प्रजापति भन्छिन्, -‘उनीहरुमा रोग नभए त ठीकै हो तर रहेछ भने त एकजनाबाट सबैमा सर्ने भयो नि ।’अर्की स्थानीय गंगा लामिछाने भन्छिन् -‘उनीहरु पनि नआए कहाँ जाउन, आए रोग सर्ने डर भो ।’हामी घरभित्रै लुकेर बस्न मिल्दैन अनि कसरी बाच्ने त ?उनले प्रश्न गरिन् । ‘मान्छे त थुनिएला, तर बस्तुभाउलाई त खान दिनु प¥यो नि ।’ उनले भनिन् ।

    तपाइहरु नडराउनुस् केही परे हामी छौं भनेर आजसम्म कोही नआउनु अचम्म छ स्थानीय गंगाप्रसाद श्रेष्ठले भने ।

     

     

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...